Breaking News :

ज्ञानेश्वर सामुदायिक वनमा शहीद स्मृति पार्क बन्ने

भरतपुर महानगरपालिका वडा नम्बर–१६ स्थित ज्ञानेश्वर सामुदायिक वन सानोगढीमा शहीद स्मृति पार्क निर्माण हुनेभएको छ । ३ करोड लागतमा निर्माण हुने शहीद स्मृति पार्कको डिपिआर तयार भइसकेको छ भने थप प्रक्रिया अघि बढेकाे छ । ३करोडको डिपिआर मध्य भरतपुर महानगरले पहिलाे चरणमा ३५ लाख दिएकाे छ भने थप बजेट बढाउदै जाने प्रतिबद्धता जनाएको छ।

ज्ञानेश्वर सामुदायिक वनले दिएको पाँच कट्ठा जग्गामा बन्न लागेको पार्कमा गणतन्त्र प्राप्तिका लागि आन्दोलनमा होमिएर मृत्युवरण गर्न पुगेका शहीदहरुको मूर्ति, संग्रहालयलगायत निर्माण गरिने ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले बताए । ‘सात वटै प्रदेशको प्रतिनिधित्व हुनेगरी जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई सम्झने पार्क बनाउँदैछौँ’, उनले भने, ‘पर्यटकहरु पर्यापर्यटनमा पनि रमाउन पाउनेछन् ।’

विशेषगरी, पिकनिक स्पटका लागि अति नै प्रख्यात यो वन पछिल्लो समय सभा, गोष्ठी, सेमिनारका लागि पनि उत्कृष्ट थलो बनेको छ । यो वनमा विशेषगरी सिसौका बोटहरु रोपिएका हुनाले प्राकृतिक हरियाली एवं मनोरम दृश्य देख्न सकिन्छ । वनमा ओपन जु, एक दर्जन पिकनिक स्पटस्, इको पार्क लगायतका घुम्ने ठाउँहरु छन् । २ सय २५ हेक्टरमध्य १९ हेक्टरमा पर्यटनका गतिविधिहरु सञ्चालनमा छन् । जंगली जनावर तथा चराचुरुङगी अवलोकन गर्न पर्यटक ज्ञानेश्वर वन आउने गर्छन् । नारायणगढ पुलचोकबाट करिब ८ किमि पर रहेको यस वनमा दैनिक १ हजार जना घुम्न आउने गर्दछन ।

merokhabarsathi

Read Previous

वीरगञ्ज-१३मा एमालेको सम्पर्क कार्यालय उद्घाटन, निर्वाचनकाे तयारीमा जुट्न कार्यकर्ताहरुलाई सरावगीको आग्रह

Read Next

भरतपुर १६ मा कांग्रेसको उमेदवार अमृतराज हमाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram