Breaking News :

वीरगञ्ज-१३मा एमालेको सम्पर्क कार्यालय उद्घाटन, निर्वाचनकाे तयारीमा जुट्न कार्यकर्ताहरुलाई सरावगीको आग्रह

वीरगञ्ज १३ मा नेकपा एमालेको सम्र्पक कार्यालय आज देखि सञ्चालनमा आएको छ । कार्यालयलाई वीरगञ्जका मेयर बिजय सरावगी, नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा इन्र्चाज प्रभु हजरा, प्रदेश कमिटी सदस्यद्वय बिचारी यादव, शम्भु गुप्ताले संयुक्त रुपमा रिबन काटी औपचारिक रुपमा सम्पर्क कार्यालयको उद्घाटन गनुभएको हो ।

कार्यालयको उद्घाटन गर्दैै मेयर सरावगीले यहीँ वैशाख ३० मा हुने निर्वाचनमा एमालेले बहुमतका साथ बिजय हासिल गर्ने र पार्टीका नेता कार्यकताहरुलाई निर्वाचनमा होमिन आग्रह समेत गर्नुभएको थियो । वडा अध्यक्षका उम्मेदवार हिरा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल पिछड वर्गका केन्द्रिय उपाध्यक्ष अकलेश साह, रामबाबु सिंह, स्थानिय नेता बिनोद यादव लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पार्टीका कन्हैयालाल कायस्थले गर्नुभएको थियो ।

merokhabarsathi

Read Previous

वीरगञ्जलाई इमान्दार नेतृत्वको खाँचो छ त्यसको आवश्यकता एमालेले पुरा गर्छ : सरावगी

Read Next

ज्ञानेश्वर सामुदायिक वनमा शहीद स्मृति पार्क बन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram