भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
माडी १८ चैत । विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेशको लहर चलिरहेको बेला आज बुधबार पनि माडी नगरपालिका वडा नं ९ मा २० जना एमालेमा प्रवेश गरेका छन्। माडी नगरपालिका वडा नं ९ हनुमानझुलामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादीका २० जना कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सदस्य पार्वती रावलले नव प्रवेशीलाई स्वागत गर्दै हनुमानझुलाकाे विकासमा नेकपा एमालेका केन्द्रिय अध्यक्ष केपि ओलिको नि विशेष चासो रहेको बताउनुभएको छ। उहाँले हनुमानझुला बासिकाे सुकुम्बासी समस्यालाई आफुले राम्रोसँग बुझेकाे बताउदै हनुमानझुला बासीकाे समस्या समाधान गर्न आफु र नेकपा एमालेका नेतृत्व लागि पर्ने बताउनुभएको छ।
नवप्रवेशी कर्ण बहादुर विश्वकर्माले नेकपा माओवादीका लागी आफ्नो परिवारले नै जनयुद्ध लडेको तर त्यस्को कदर नभएको र सिमित मान्छेले मात्र त्यसको स्वार्थ लुटेकोले नेकापा एमालेमा लाग्नुभएको बताउनुभयो। जनयुद्ध लड्दा कयौं पिटाई खाइयाे घाइते भैयाे तर माओवादीले स्वार्थको लागि मात्रै प्रयोग गरेको बताउदै एमाले अध्यक्ष केपि ओलिको कामबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको बताउनुभयो।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले चितवन क्षेत्र नं ३ का ईञ्चार्ज श्यामकुमार बिष्ट, जिल्लाकमिटि सदस्यहरु जितबहादुर शाही , नारायण पाैडेल, ताराकाजि कुमारी महत्ताे, माडी नगर अध्यक्ष नारायण अधिकारी , सचिव श्रीप्रसाद दवाडी सह सचिव मोहदत्त काफ्ले, वडा नं ९ का वडाध्यक्ष तथा नेकपा एमाले माडीको इन्चार्ज शिवहरि सुवेदी, माडीका सह इन्चार्ज रेशमलाल आचार्य मथुरा भण्डारीले पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको थियो ।
कार्यक्रम माडी नगरपालिका वडा नं ९ का वडा कमिटी उपाध्यक्ष राजु अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।