भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
जर्मन सहयोगी निकाय भि सि ए र डब्लु डब्लु एच को सहयोग र नेपाल ग्रामीण पुनर्निर्माण संस्था ( आर आर एन ) द्वरा संचालित चितवन जिल्लाका सीमान्तकृत समुदाय मा खानेपानी , सरसफाइ र स्वच्छता प्रणाली सुदृढीकरण कार्यक्रम अन्तरगत कालिका नगरपालिका वाड नम्वर ८ अजिङ्गरे मा ५२ घरधुरी मा कुल रु ३६,३५,३९९ लागतमा एक घर एक धारा निर्माण कार्य सम्म्पन्न गरि आर आर एन का कार्यकारी निर्देशक डा. अर्जुन कुमार कार्की को प्रमुख आतिथ्य र कालिका नगर पालिका का नगर प्रमुख खुम नारायण श्रेष्ठ को सभापतित्वमा उदघाट्न कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विभिन्न बत्ता हरुले छोटो समयमा धेरै महत्त्वपूर्ण कार्य भएको र खोलाको पानी खानु पर्ने बाध्यता हटेको बताएका थिय। कार्यक्रम का प्रमुख अथिती डा. अर्जुन कुमार कार्की ले आर आर एन सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर्न पैरबी गर्ने र सस्थाको नीति अनुरुप सिमान्तकृत समुदाय को उत्थान को लागि सधै अग्रसर हुने सस्था हो तसर्थ चेपाङ्ग लगाएत सिमान्तकृत समुदाएको लागि विभिन्न दातृ निकाए र स्थानीय सरकार सङ्ग मिलेर सिमान्त्कृत समुदाय को सर्बाङ्गिण बिकास को लागि सस्था प्रतिबद्ध रहेको कुरा जानकारी गराउनु भयो।
कार्यक्रम का सभापति तथा नगर प्रमुख खुम नारायण श्रेष्ठ ले नगर सबै को सहयोग लियर सफा स्वच्छ र बिकशित कालिका बनाउन अघि बढेको जानकारी गराउनु भयो। उत्त कार्यक्रम को संचालान नेपाल ग्रामीण पुनर्निर्माण सस्था का लेखा अधिकृत धर्म राज उपाध्याय ले गर्नु भएको थियो।