Breaking News :

विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम

चितवन । विद्यार्थीहरुलाई वित्तीय कारोबार सम्बन्धी जानकारी दिने उद्देश्यले होली भिजन पब्लिक स्कुल भरतपुरमा वित्तीय साक्षरता कार्यक्रम आज शुक्रबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपालमा बैंकको इतिहास, बैंक खाता सञ्चालन, वचतको महत्व, ई बैंकिङ,बीमाका साथै रेमिट्यान्सका बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई वित्तीय साक्षरता हाते पुस्तिका पनि वितरण गरिएको थियो ।

बैंक अफ काठमाडौं नारायण शाखाको आयोजनामा सम्पन्न भएको वित्तीय साक्षरता कार्यक्रममा बैंकका शाखा प्रबन्धक धिरन श्रेष्ठ,ऋचा शर्मा लगायतले माध्यमिक तहका विद्यार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य मीनराज बस्ताकोटीले वित्तीय साक्षरता कार्यक्रम विद्यार्थीहरुको लागि उपयोगी भएको भन्दै यसले समाजमा आर्थिक वचत गरी आर्थिक परिचालन गर्ने कार्यमा सहयोग पुग्ने बताउनुभयो ।

merokhabarsathi

Read Previous

तीनै तहको निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुने: प्रचण्ड

Read Next

कालिका नगरपालिका-८ मा ५२ घरधुरी मा एक घर एक धारा निर्माण कार्य सम्म्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram