भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
रविना पाैडेल, चितवन- धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनकाे रामपुरमा बनाउन लागेको गौतम बुद्ध बहुउद्देश्यीय क्रिकेट रंगशालाको काम स्थगित भएपछि स्थानियहरुले रगंशाला निर्माणलाई निरन्तरता दिन माग गरेका छन्। फाउन्डेसनले रगंशाला बनाउन सुरु गरेपछि सम्पूर्ण नेपालीहरुमा खुसि छाएको थियाे। तर ऋण लागेको भनेर निर्माण कार्य रोकिएको ५ महिना हुन लाग्दापनि कसैले चासो नदिएपछि स्थानीयहरुले रगंशाला निर्माणलाई निरन्तरता दिन र हाल सम्मकाे आर्थिक प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
रंगशाला बनाउँदा ऋण लागेको भनेर फाउन्डेसनले काम अगाडि बढाउन नसक्ने भन्दै पुस २ गते स्वामित्व ग्रहण गर्न भरतपुर महानगरपालिकालाई पत्र काटेको थियाे । तर, पत्र काटेकाे महिनाै पुग्दा पनि यसबारेमा कुनै ठोस निर्णय नभएको भन्दै स्थानीयहरुले चासाे व्यक्त गरेका हुन्। रंगशाला निर्माणलाई निरन्तरता नदिए बनेकाे भाैतिक सरंचना बिग्रने अवस्थामा पुगेकाे स्थानीयहरुकाे भनाइ छ। स्थानीयवासि मीन बहादुर बस्नेतका अनुसार अहिले रगंशालामा बिजुली समेत काटिएको छ। बिजुलिकाे विल समेत नतिरेर रगंशालामा छिमेकिकाे बाट बिजुलि तानेर बत्ती बालेकाे बताउदै उनले बिजुलि नहुदा पानि नभएर नमूना चौरको दुबोहरु सुक्न थालेकाे र पिजहरु पनि फुट्ने अवस्थामा पुगेकाे बताएका हुन्। बनेका भाैतिक सरंचनाकाे सरंक्षण नगरे सरंचना बिग्रनुकाे साथै थप आर्थिक भार हुने र जनताकाे पसिना खेर जाने बताउदै उनले रगंशाला निर्माणलाई निरन्तरता दिन माग गरेका छन्।
स्थानीयवासि विनय बाेगटिले राजनितिक अस्थिरता, कोरोनाको माहामारी र आन्तरिक व्यवस्थापन फितलो हुँदा रंगशाला निर्माणकाे कार्य राेकिएकाे बताउदै केन्द्रीय तथा स्थानिय सरकारले नै अब रगंशाला निर्माणलाई अघि बढाउन माग गरेका छन्। उनले हालसम्म पनि फाउन्डेसनले आर्थिक गतिविधि सार्वजनिक नगरेको भन्दै आर्थिक प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका हुन्। रगंशाला निर्माण सुरु भएदेखि नै देश तथा विदेशबाट आर्थिक सकंलन सुरु गरिएको थियाे। तर के कति आर्थिक सकंलन भयाे? खर्च कति भयाे भन्ने चाहिँ सार्वजनिक भएन। जनताको पैसा साना नानिबाबुकाे टिफिन समेत रगंशालामा परेकाे छ त्यसैले फाउन्डेसनले आर्थिक प्रतिवेदन पनि सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ।
कोरोना प्रकोप बढेसँगै सहयोग जुट्न नसकेको र काम अगाडि बढाउँदा ऋण बढ्दै गएको कारण देखाएर फाउन्डेसनले रंगशालाको स्वामित्व महानगरलाइ हस्तान्तरण गर्न पत्र लेखेको थियो। पत्र काटेको १ महिना पूरा भैसक्यो तर यसबारेमा कुनै ठोस निर्णय भने अझै भएको छैन ।