Breaking News :

एमाले चितवनका आधा दर्जन बढी नेताहरु कोरोना संक्रमित

एमाले चितवनका आधा दर्जन बढी नेताहरु कोरोना संक्रमित भएका छन् ।

पार्टी स्थायी कमिटी सदस्य सीता पौडेल, पोलिटव्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्य पार्वती रावल, प्रदेश कमिटी सचिव विजय सुवेदी, जिल्ला नेताहरु तेजेन्द्र खड्का, दिव्या शर्मा आचार्य र ऋषिकेश रेग्मीलगायतलाई कोरोना संक्रमण पुष्टि भएको एमाले चितवनका नेता रामप्रसाद न्यौपानेले जानकारी दिए ।

त्यसैगरी संगठन मोर्चा प्रमुख पुरुषोत्तम न्यौपानेलगायतका नेताहरु बिरामी रहेको उनले बताए । अन्य केही नेताहरु रुघाखोकीबाट संक्रमित भएका छन् ।

एमालेले एक साता अघिमात्र जिल्ला अधिवेशन सम्पन्न गरेको थियो । सोही अधिवेशनबाट संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ । जिल्ला नेतृत्व चयनमा लागि नेताहरु बीच भइरहेको छलफल पनि कोभिडकै कारण स्थगित भएको छ ।चितवनमा पछिल्लो समय कोरोना संक्रमण तीब्र फैलिएको छ ।

 

merokhabarsathi

Read Previous

ध्रुवे हात्तीकाे आक्रमणबाट नेपाली सेनाका एक जवानको मृत्यु

Read Next

रगंशालामा छैन बिजुली, छिमेकीकाे बाट बाल्दै बत्ती

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram