Breaking News :

गायक परशुराम पाण्डेले ल्याए ‘तिम्रो मुस्कानमा’ सार्वजनिक

चितवन – गीतकार तथा गायक परशुराम पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ । गायक पाण्डेको स्वरमा सजिएको ‘तिम्रो मुस्कान’ बोलको गीत आज (शनिबार) सार्वजनिक भएको हो ।

सार्वजनिक रोमान्टिक फ्लेवरको गीतमा शिव कँडेलको शब्द तथा संगीत छ । गीतमा संगीत संयोजन मनोहर सुनमको छ । गीतमा त्रिकोणात्मक प्रेम कथालाई देखाईएको छ ।

गीतको भिडियोमा हिरा चौधरी, मुस्कान चौधरी, सुरेश चौधरी, भीम गुरुङ, सनम सापकोटा, अर्जुन चापागाईलगायतको अभिनय छ । सुरेश चौधरी निर्देशित भिडियोको परिकल्पनाकार पनि उनी नै हुन् ।

सन्तोष सुनार र अर्जुन चापागाईले खिचेको भिडियोलाई निर्देशक चौधरीले सम्पादन गरेका हुन् । गीतको भिडियो चितवनकै विभिन्न स्थानमा छायांकन गरिएको हो ।

गायक पाण्डेले गीत सुनेर तथा भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् । पाण्डे संगीतका शिक्षक समेत हुन् ।

merokhabarsathi

Read Previous

प्रेस चौतारी चितवनको अधिवेशन पुस २५ गते हुने

Read Next

आजदेखि बुस्टर डोज खोप लगाइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *