Breaking News :

दाेभान कालिका नमुना टाेल र ब्लड डोनर्स सोसाइटीको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

दाेभान कालिका नमुना टाेल विकास सस्थां र ब्लड डोनर्स सोसाइटी नेपालको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा ५२ जना सहभागी भएका छन्।

अहिलेकाे समयमा रगतकाे अभाव हुन नदिन र रगत अभावका कारण कसैले ज्यान गुमाउन नपराेस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सयाेंजक राजेश श्रेष्ठले बताए।

कार्यक्रमका प्रमुख अतिथी भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नं १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीले रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस साेसाईटि भरतपुर उप-शाखाकाे विशिष्ट सदस्य एवं समाजसेवि भक्ति गौतम, नेपाल रेडक्रस साेसाईटि भरतपुर उप-शाखाका उपसभापति खेमराज बराल, ब्लड डोनर्स सोसाइटी नेपालका केन्द्रिय अध्यक्ष अर्जुन अधिकारी लगाएत विभिन्न टाेल विकास सस्थांका अध्यक्षहरुकाे उपस्थिति रहेकाे थियाे।

merokhabarsathi

Read Previous

होमस्टेहरुको अन्तक्रिया कार्यक्रम माडीमा

Read Next

अनेरास्ववियु भुवानीशंकर बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा चौधरी चयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *