Breaking News :

होमस्टेहरुको अन्तक्रिया कार्यक्रम माडीमा

माडी १० पौष । नेपालमा सञ्चालन भएका होमस्टेहरुले समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै महिला शसक्तिकरण र स्वरोजगारको वातावरण तयार गरेकोले होमस्टेहरुले संस्कृति र प्रकृति अध्ययन गर्ने पुस्तकालय बनाउनुपर्ने कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

प्रकृति, संस्कृति र पर्यटन नेपालको पहिचान, समृद्ध नेपाल निर्माण होमस्टेको अभियान भन्ने मूल नाराका साथ अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे माडीमा होमस्टे एशोसिएसन नेपाल केन्द्रीय समितिले शनिबार आयोजना गरेको कोभिडपछिको होमस्टे पर्यटन विषयक अन्तरक्रिया कार्यक्रममा होमस्टेहरुले विकासको गतिलाई अगाडि बढाएको धारणा राखेका हुन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि माडी नगरपालिकाका नगर प्रमुख ठाकुरप्रसाद ढकालले नेपालमा होमस्टे व्यवसायको सम्भावना र अवसर प्रशस्त रहेकाले होमस्टेहरु संस्कृति जगेर्ना गर्ने थलोको रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संस्कृतिलाई समृद्ध गर्न सकिएन भने होमस्टेको प्रगति हुन नसक्ने उल्लेख गर्दै प्रमुख अतिथि ढकालले होमस्टे सञ्चालकहरुले स्पष्ट नीति बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

अन्तक्रिया कार्यक्रमका विशिष्ट अतिथि होमस्टे एशोसिएसन नेपालका पुर्व अध्यक्ष एवम् सल्लाहकार भीमबहादुर केसीले नेपालमा होमस्टेको इतिहास लामो नभएपनि यसले गरेको प्रगतिले भविष्य सुन्दर देखिएको उल्लेख गर्दै समय र आवश्यकताअनुसार होमस्टेहरु अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।

होमस्टे एशोसिएसन नेपालका अध्यक्ष केशव बडालको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा सल्लाहकारहरु कृष्ण अर्याल, पशुपति न्यौपाने नेकपा एमाले माडी नगर कमिटिका सचिव श्रीप्रसाद दवाडी, नेपाली कांग्रेसका ढाकामोहन तिमिल्सिना,नेकपा माओवादी केन्द्र माडी नगर कमिटी सचिव नेत्रप्रसाद काफ्ले लगायतले मन्तव्य राख्नुभएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा डा. आलोक प्रसाई र पशुपति चौलागाईको कार्यपत्र प्रस्तुति रहेको छ । नेपालभरिबाट ५० जना होमस्टे सञ्चालकहरुको सहभागिता रहेको छ । अन्तक्रिया कार्यक्रमपछि होमस्टे एशोसिएसन नेपालको विधान सम्बन्धी छलफल गरी विधान संशोधन गर्ने र अधिवेशनको मिति र स्थान तय गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन् ।

merokhabarsathi

Read Previous

फुल फुलेर पयाँलै भयाे

Read Next

दाेभान कालिका नमुना टाेल र ब्लड डोनर्स सोसाइटीको आयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *