Breaking News :

२०२२ लाई स्वागत गर्न दिप श्रेष्ठ चितवन आउने

गायक तथा संगितकार दीप श्रेष्ठ सन् २०२२ लाई स्वागत गर्न चितवन आउने भएका छन् । अङ्ग्रेजी नयाँ वर्षको उपलक्ष्यमा एलटीके हवेलीको आयोजनमा हुन लागेको संगीताञ्जली दीप श्रेष्ठ म्यूजिकल नाइटमा सहभागी हुन श्रेष्ठ चितवन आउने भएका हुन् ।

कोभिड संक्रमणले २३ दिन अस्पताल बसेर निको भएका श्रेष्ठले संगीताञ्जली कार्यक्रमलाई पुर्नजन्मको उत्सवको रुपमा लिएको बताएका छन् ।

‘डाक्टरले बाँच्न गाह्रो छ भन्दा पनि बाँचेर आएको बताउदै उनले लगातार १८–२० गीतहरु गाउने र लगभग साढे २ घण्टा प्रस्तुति दिने बताए।

उनको कार्यक्रमको होष्टिङ नायिका गौरी मल्लले गर्नेछिन् । बेली डान्सर बिनु शाक्य, गायिका अञ्जना राईले पनि प्रस्तुती दिनेछन् । एकल साँझका रुपमा गीतहरु सुनाएर गायक दीप श्रेष्ठले सन् २०२१ लाई चितवनबाट विदाई गर्दै अंग्रेजी नयाँ वर्षको स्वागत गर्नेछन्।

merokhabarsathi

Read Previous

अनेरास्ववियु सप्तगण्डकी क्याम्पस कमिटीको अध्यक्षमा महेश सापकोटा

Read Next

अनेरास्ववियु शहिद स्मृति बहुमुखी क्याम्पस कमिटीको अध्यक्षमा सापकोटा चयन

Leave a Reply

Your email address will not be published. Required fields are marked *