Breaking News :

हंसले मनायो बाह्रौ वार्षिकोत्सव

चितवनको नारायणगढमा रहेको हंस बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १२ औ वार्षिकोत्सव मनाएको छ। जसमा वित्तीय अनुशासन, वित्तीय संतुलन, निति नियमको पालना, पारदार्शिता र इमान्दारिता वित्तीय संस्थाकाे सफतलाका सुचक रहेको दावी गरेकाे छ। वार्षिकोत्सबकाे अवसरमा बाेल्ने वक्ताहरुले वित्तीय अनुशासनका साथमा वित्त व्यवस्थापनमा आफुलाई अव्वल बनाए सस्थांले सफलता पाउन सकिने बताएको हाे।

प्रशासन तथा सहकारी विकास महाशाखा बागमती प्रदेशका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले वित्तीय सन्तुलन कायम राख्दै निति नियमको पालना गर्न सके वित्तीय अनुशासन कायम गर्न सकिने बताए । “ वित्तीय सन्तुलनका लागि वित्तीय अनुशासन पहिलो सर्त हो, पारदर्शी र निति नियमको पालक बन्न सके वित्तीय संस्थाले लक्ष्य अनुरुप काम गर्न सक्छ । ” उनले भने, “अहिले केहि वित्तीय जटिलता भए पनि त्यो अल्पकालिन हो ।” अहिले जारी वित्तीय क्षेत्रको तरलता जटिलता छिट्टै समाधान हुने विश्वास व्यक्त गरे । रजिष्ट्रार ज्ञवालीले हंस बहुद्देश्यीय सहकारीले पल्स विश्लेशणका सुचकमा आफ्नो वित्तीय उपस्थितिलाई उत्कृष्ट बनाएको देखिएको बताए । हंसले वित्तीय क्षेत्रमा पारेको सकरात्मक प्रभाव अन्य सहकारीले पनि सिको गनुपर्ने उनको भनाई छ । असल संस्कारका साथ हंसले आफुलाई प्रत्येक बर्ष अब्बल सावित गरेको उनले बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत गरेको रक्तदान कार्यक्रम उत्कृष्टताको नमुना रहेको उनको दावी छ ।

त्यस्तै राष्ट्रिय सहकारी बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत बद्रि कुमार गुरागाईले तिब्र प्रतिस्पर्धामा हंस सधैं विषेश देखिएको बताए। तरलता जटिलताका विच वित्तीय सन्तुलन कायम गरेको हंस अन्य वित्तीय संस्थाका लागि उदाहरण भएको उनको भनाई छ ।

सो अवसरमा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले तरलताको जटिलताका विच शेयर सदस्यको सहजताका लागि लागि परिरहेको भन्दै निक्षेप संकलन र कर्जा प्रवाहमा सन्तुलन कायम गरेको बताए।

उनले शेयर सदस्यको सहजताका लागि प्रविधिको उच्चतम् प्रयोग गरि आज देखि मोवाइल तथा एसएमएस सेवाको शुभारम्भ भएको घोषणा गरे। हंस आज देखि मोवाइल तथा एसएमएस प्रणालीमा प्रवेश गरेको छ । हंसले निकट भविश्यमा नै जितपुर मेघौली र माडीमा सेवा केन्द्र विस्तार गर्ने उनले जानकारी दिए ।

सो अवसरमा विभिन्न विधामा ५६ जना शेयर सदस्य सम्मानित भए । सामाजिक संस्था अद्धैत संस्था पनि सो कार्यक्रममा सम्मानित भएको थियो । संस्थामा कार्यरत सरिता क्षेत्री सर्वोत्कृष्ट कर्मचारी घोषित भईन । अन्य ३ जना कर्मचारी उत्कृष्ट कर्मचारी घोषित भए ।

वार्षिकोत्सवका अवसरमा रक्तदान

हंसले आफ्नो सफलताको १२ औं वार्षिकोत्सवका अवसरमा गरेको रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेका छन् । ७ जना महिला सहित ५५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक एवं संस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए । रक्तदानमा जुनियर प्रहरी शिक्षालय भरतपुर, सशस्त्र सिमाबल आँपटारी, क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर लगायतले सहयोग गनुभएको थियो । सामाजिक उत्तरदायित्व वहन गर्दै हंसले रक्तदान कार्यक्रम संचालन गरेको हो । चितवनमा बढ्दो रगतको माग भइरहेको भन्दै हंसले रक्तदान कार्यक्रम गरेको हो ।

merokhabarsathi

Read Previous

नेपाली चिकित्सा क्षेत्रमा अर्थोपेडिक विधाकाे पहिलाे पुस्तक सार्वजनिक

Read Next

प्रदेश युवा परिषद्ले लैङ्गिक हिसां विरुद्ध सचेतना कार्यक्रम गर्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *