Breaking News :

नेपाली चिकित्सा क्षेत्रमा अर्थोपेडिक विधाकाे पहिलाे पुस्तक सार्वजनिक

नेपाली चिकित्सा क्षेत्रको अर्थोपेडिक विधामा अध्ययन अध्यापन गर्नगराउन मिल्ने पुस्तक सार्वजनिक भएकाे छ । वरिष्ठ अर्थोपेडिक सर्जन एवम नेपाल अर्थोपेडिक एसोसिएसन चितवनका अध्यक्ष सुरेश पाण्डेले लेखेको पुस्तक टेक्स्ट बुक अफ अर्थोपेडीक्स सार्वजनिक भएकाे हो।

समिक्षा पब्लीकेशनले प्रकाशनमा ल्याएको पुस्तककाे वरिष्ठ अर्थोपेडिक डा.आनन्द प्रसाद रेग्मी, वरिष्ठ क्यान्सर सर्जन डा. भक्तमान श्रेष्ठ, डा. अर्जुन श्रेष्ठ, लेखकका बुबा पुष्पराज पाण्डे र लेखकका श्रीमती रोश्ना बरालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

लेखक डा. पाण्डको अनुसार नेपाली अर्थाेपेडिक चिकित्सक क्षेत्रमा नेपाली चिकित्सक ले नै लेखेको यो पहिलो पुस्तक हाे। उनले चिकित्सा क्षेत्रमा आफुनै पहिलाे लेखक रहेकाे दावी गर्दै विदेशीले लेखेका पुस्तकहरु पर्याप्त रहेकाे बताएका छन्। देशभरका मेडिकल कलेजमा विदेशी लेखककाे पुस्तक प्रयोगमा रहेको बताउदै उनले नेपाली चिकित्सकले लेखेको पुस्तक पनि प्रयोगमा ल्याउन आग्रह गरेका छन्।

पुस्तक बुकिङ तीव्र भएको र धेरैले रुचाईदिएको भन्दै पाण्डेले पुस्तकमा अर्थोपेडिक सम्वन्धी खोज अनुसन्धान बाट आएका नतिजा समावेश गरिएको र तस्बिर सहित समावेश हुँदा पुस्तक सरल बनेको जानकारी दिएका छन् । नेपाली मेडिकल कलेजका विद्यार्थीलाई मात्रै नभई विदेशका मेडिकल कलेजमा समेत पुस्तक प्रभावकारी हुनेमा आफू विश्वस्त रहेको जानकारी दिएका छन्।

कार्यक्रममा डा. आनन्द प्रसाद रेग्मी, डा. अर्जुन श्रेष्ठ
डा. भक्तमान श्रेष्ठ, डा. प्रमोद लामिछाने र पत्रकारमहासघंका उपाध्यक्ष प्रकाशमणि ज्ञावलिले बधाई तथा सुभकामना दिदै नेपाल र नेपाल बाहिरका विद्यार्थीहरुलाई पुस्तक उपयोगी हुने बताएका छन्। यस पुस्तकले मेहनती अन्य चिकित्सकहरुलाई समेत आफ्नो क्षेत्रको विषयमा कलम चलाउन मद्दत मिल्ने र धेरै पुस्तकहरु प्रकाशित हुँदै जानेमा विश्वस्तता व्यक्त गरेका छन्।

merokhabarsathi

Read Previous

आज चितवन बन्द (फाेटाे फिचर)

Read Next

हंसले मनायो बाह्रौ वार्षिकोत्सव

Leave a Reply

Your email address will not be published. Required fields are marked *