Breaking News :

आज चितवन बन्द (फाेटाे फिचर)

चितवनका विभिन्न राजनितीक दलहरुले एमसीसीको विरोधमा आज चितवन बन्द गरेको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समिति बनाएर जिल्लामा सक्रिय १३ दलहरुले आज बन्द गरेका हुन् ।

बन्दको प्रभाव शैक्षिक संस्था, कलकारखना, बजार र यातायातमा समेत परेको छ । एमसीसी सरकारले पारित गर्न लागेकाले बाध्य भएर दबाब स्वरुप बन्दको आह्वान गरिएको सघर्ष समितिका सचिव अजिव पौडेलले बताउनुभयो । आज संसदको बैठक आब्हान गरिएको छ र आज एमसीसीको बिषयमा पनि निर्णय गर्ने तयारी सरकारले गरेको छ ।

बन्द आह्वान गर्ने दलहरुमा माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजबादी), विप्लब नेतृत्वको नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, मोहन बैद्य र ऋषि कट्टेलको नेकपा, त्रिमुल, जनसराेकार मञ्च लगायतका १३ वटा दल रहेका छन् ।

merokhabarsathi

Read Previous

नेपाली कांग्रेस अधिवेशन:सभापतिमा देउवाकाे बहुमत पुगेन, दोस्रो चरणको चुनाव हुने

Read Next

नेपाली चिकित्सा क्षेत्रमा अर्थोपेडिक विधाकाे पहिलाे पुस्तक सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *