Breaking News :

भूकम्प जाँदा आगलागी, भागदौड गर्दा घाइते

भरतपुर २७ मंसिर । अचानक भूकम्पको झड्का थाहा पाएपछि आपतकालीन घण्टी बज्यो, विद्यालयका विद्यार्थीहरु कक्षाकोठाबाट बाहिर निस्के । बाहिर निस्कने क्रममा १ जना विद्यार्थी घाइते भए । घाइते विद्यार्थीलाई रेडक्रसका विद्यार्थीहरुले प्राथमिक उपचार गर्दै गर्दा साइरन बजाउँदै एम्बुलेन्स आइपुग्यो । घाइते विद्यार्थीलाई तत्काल एम्बुलेन्समा राखेर अस्पताल पुर्याईयो ।

भूकम्पकै कारण विद्युत सर्ट भएर आगलागी भयो, ग्याँसको सिलिन्डरमा पनि आगो बल्न थाल्यो । कोही विद्यार्थीहरु चौरमा रुन कराउन थाले । कक्षाका मनिटरहरुले आफ्नो कक्षाका विद्यार्थीहरु छुटेकी भनेर गन्दै थिए । शिक्षकहरुले विद्यार्थीहरुलाई जोगाउने प्रयास गरिरहेका थिए । विद्यालयको अग्नी नियन्त्रण टोलीले तत्काल आगो नियन्त्रणमा लियो । ठुलो क्षति भने हुन पाएन ।

माथि उल्लेखित घटना वास्तविक भने होइन । होली भिजन पब्लिक स्कुल भरतपुर ४ लङ्कुको आयोजनामा सोमबार विद्यालय प्राङ्गणमा सम्पन्न भएको विपद्को समयमा आपतकालिन निकास सम्बन्धी पूर्व अभ्यासमा भएको अभ्यास कार्यक्रममा उक्त दृष्य देखा परेको थियो । अचानक देखिएको कार्यक्रमले एकछिन सबैलाई त्रसित बनाएको थियो । घटना काल्पनिक रुपमा अभ्यासको लागि गरिएको थाहा पाएपछि सबै दङ्ग परे ।

हिमालयन सेफ्टी सोलुसन काठमाडौंको संयोजनमा होली भिजन पब्लिक स्कुलले सोमबार आयोजना गरेको कार्यक्रममा विद्यार्थी , अभिभावक, जनप्रतिनिधि, रेडक्रसकर्मी, सुरक्षाकर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम पश्चात विद्यार्थी, अभिभावकलगायत सबैको लागि विपद्को समयमा आपतकालीन निकासको विषय सबैको लागि जरुरी रहेको प्रतिक्रिया दिएका थिए।

कार्यक्रममा हिमालयन सेफ्टी सोलुसनका प्रवन्ध निर्देशक दिपक लामिछानेले विपद्को अवस्थामा सुरक्षित हुन खोज्दा धेरै दुर्घटनाहरु भएको उल्लेख गर्दै बालबालिकाहरुले स्वास्थ्य र सुरक्षाका विषयमा समयमै जानकारी राख्न सकियो भने विभिन्न दुर्घटनाहरुलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो।

कार्यक्रमा नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका मन्त्री ज्ञानशाली न्यौपानेले विपद्को बारेमा विद्यार्थीहरुलाई जानकारी गराएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै स्वास्थ्य र सुरक्षाका विषयमा सबैले गम्भीर भएर सोच्नुपर्ने बताउँनुभयो।

यसैगरी भरतपुर महानगर पालिका विपद् व्यवस्थापन शाखाका बालकृष्ण थपलियाले विपद् सम्बन्धी तालिमहरु सबैको लागि अति आवश्यक रहेको अवस्थामा होली भिजन पब्लिक स्कुलले सबैलाई जानकारी दिने उद्धेश्य राखेर कार्यक्रम आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद दिंदै महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउँनुभयो।

होली भिजन पब्लिक स्कुलका प्राचार्य मीनराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगर पालिकाका वारुण यन्त्र शाखाका प्रमुख देबेन्द्र रेग्मी, होली भिजन पब्लिक स्कुल शिक्षक अभिभावक संघका अध्यक्ष प्रेमकुमार गैरे, समाजसेवी एवम् शिक्षाप्रेमी पुष्कर न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

merokhabarsathi

Read Previous

एमालेले गर्याे उद्घाटनसत्र देखि बन्दसत्र स्थल सम्मकाे सरसफाइ

Read Next

नेपाली कांग्रेस अधिवेशन:सभापतिमा देउवाकाे बहुमत पुगेन, दोस्रो चरणको चुनाव हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *