Breaking News :

एमालेकाे महाधिवेशन चितवनमा हुने भएपछि पर्यटन व्यवसायीहरु उत्साहित

नेकपा एमालेकाे राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएपछि चितवनका पर्यटन व्यवसायीहरु उत्साहित भएका छन्। महाधिवेशनको उद्घाटनसत्र नारायणी नदिकिनारमा र बन्दसत्र सौराहामा गर्ने भएपछि काेभिडले थला पारेकाे पर्यटनलाई उकास्ने विश्वासका साथ पर्यटन व्यवसायीहरु उत्साहित भएका हुन्।

महाधिवेशन चितवनमा गर्ने एमालेकाे निर्णय स्वागतयाेग्य रहेकाे हाेटल व्यवसायी माधव दवाडीले बताएका छन्। साैरहाकाे पर्यटन व्यवसायीका लागि याे सुनाैलाे अवसर रहेकाे बताउदै उनले देशकाे केन्द्रबिन्दुमा हुन लागेकाे महाधिवेशनले चितवनलाई एउटा छुटै पहिचान दिलाउँने बताएका हुन्।

२ वर्ष देखि काेभिडले थला पारेर भर्खरै उठ्दै गरेकाे पर्यटकीय क्षेत्रमा देशकै ठुलाे भनिने पार्टी नेकपा एमालेको अधिवेशन हुनु पर्यटक भित्र्याउने अवसरकाे रुपमा रहेकाे क्षेत्रीय हाेटल व्यवसायी सघं साैरहाका अध्यक्ष दिपक भट्टराईले बताएका छन्। सबै जिल्ला कै प्रतिनिधि र छिमेकी राष्ट्रका पनि अतिथिहरु सामेल हुने हुदा सौराहाको पर्यटन प्रचारप्रसारमा समेत यसले ठुलाे मद्दत पुग्ने व्यवसायीले विश्वास लिएकाे बताउदै उनले पर्यटन प्रवर्द्धन गर्न एमालेको महाअधिवेशन महत्त्वपूर्ण रहेको बताए।

नेकपा एमालेले पनि काेभिडले थला पारेकाे पर्यटन उकास्ने र त्यसलाई प्रचार गरि पर्यटन भित्र्याउने उदेश्यले नै पर्यटकिय गन्तव्यमा महाअधिवेशन गर्न लागेको जनाएको छ। कोभिडले थला पारेको पर्यटन उकास्न र आन्तरिक पर्यापर्यटन चलायमान गरि देशकाे अर्थतन्त्र सवल बनाउन पर्यटकिय गन्तव्यमा महाधिवेसन महत्त्वपूर्ण हुने नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावलले बताए ।

merokhabarsathi

Read Previous

एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको प्रचारका लागि मोटरसाइलक ¥याली

Read Next

एमाले महाधिवेशनमा पन्ध्र सय बढी सुरक्षाकर्मी खटिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram