Breaking News :

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन : महाधिवेशनमा सहभागी हुन राप्ती ६ मा घरदैलो अभियान

आशिष उप्रेती, चितवन मंसिर ५ –
नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म भव्य रुपमा चितवनमा हुँदैछ । उद्घाटन सत्र १० गते नारायणी नदी किनारमा र बन्दसत्र ११ गतेदेखि पर्यटकीय नगरी सौराहामा हुनेछ । महाधिवेशनको तयारीको क्रम चलेसंगै चितवनमा अहिले प्रचारप्रसारको काम र घरदैलो कार्यक्रम तिव्र रुपमा अगाडि बढेको छ ।


त्यस्तै पूर्वी चितवनको नेकपा एमाले राप्ती ६ नम्बर वडाले पनि घरदैलो अभियान सन्चालन गरेको छ । नारायणगढको नारायणी नदि किनारमा हुने नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन घर घरमा गएर निमन्त्रणा गरिएको राष्ट्रिय युवा संघ राप्ती नगर कमिटिका अध्यक्ष उत्तम सेढाईले जानकारी दिए । यसै गरी राप्तीको बाकी वडाहरुमा पनि महाधिवेशनमा सहभागी हुनको लागि भोलीबाट घरदैलो अभियान सन्चालन गर्न लागिएको उहाले बताए । पार्टीको वडा कमिटीहरूको भेला र बैठक गरेर घरदैलो कार्यक्रम गर्न लागिएको हो ।


घरदैलो कार्यक्रममा नेकपा एमाले राप्ती नगर कमिटिका अध्यक्ष पूर्ण बहादुर थापा, राप्ती वडा नम्बर ६ का वडा अध्यक्ष जलु चौधरी, एमाले जिल्ला सदस्य एवम् महिला नेतृ पुष्पा कुवर, नेकपा एमाले राप्ती ६ का उप सचिव सुजन थापा लगायत राप्ती वडा नम्बर ६ का विभिन्न टोलका नेताहरुको उपस्थिति रहेको थियो ।

merokhabarsathi

Read Previous

एमाले महाधिवेशनमा भरतपुर महानगरबाट ५० हजार सहभागी गराइने

Read Next

एमालेको महाधिवेशन उद्घाटनस्थलको मञ्चमा अत्याधुनिक प्रविधि सहितको उपकरण जडान गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram