Breaking News :

एमाले महाधिवेशनको उद्घाटन सत्रमा चितवनका पाँच ठाउँबाट जुलुस निकालिने

नेकपा (एमाले)को आगामी मंसिर १० गते हुने महाधिवेशनको उद्घाटन सत्रमा जिल्लाका पाँच ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएका सर्वसाधारणलाई भरतपुरका पाँच ठाउँबाट जुलुस सहित सभामा सहभागि हुने व्यवस्था गरिएको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागीहरु भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने सवारीसाधनलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ । मुग्लिनतर्फबाट आउने सहभागीहरुरु आँटपारीबाट जुलुस सहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । उक्त ठाउँमा रोकिएका सवारीलाई नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यस्था गरिने भएको छ ।

माडी, जगतपुर, गीतानगरतर्फबाट आउने सर्वसाधारणहरु हाकिचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने सवारीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौली लगायतका क्षेत्रबाट आउने सहभागीहरुलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराईने व्यवस्था गरिएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरु बेलचोकबाट जुलुसमा सहभागी हुनेछन् । त्यहाँ आउने सवारीलाई सोही क्षेत्रमा पार्किङको व्यवस्था गरिएको रावलले जानकारी दिनुभयो ।

कालिका नगरपालिका र भरतपुर ११ तर्फबाट आउने सहभागीहरु विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । पश्चिम नेपालबाट आउने सर्वसाधारणलाई पुल्चोकबाट जुलुससहित सभामा सहभागी गराईने भएको छ । पश्चिमबाट आउने सवारीसाधनलाई गैंडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।

नेकपा एमालेको १० औं महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र नारायणगको नारायणी नदी किनार र बन्द सत्र सौराहाको होटल सेभेन स्टार परिसरमा हुने छ । एमालेको १० औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाईएको छ ।

 

merokhabarsathi

Read Previous

एमाले महाधिवेशनमा खेलकुद महासंघले २० हजार बढी सहभागी गराउने, तयारी समिति निर्माण

Read Next

सपना भिलेजको समन्वयमा क्युस्यु जापानद्वारा चेपाङ सहित ९७० विद्यार्थीलाई झोला र कपी वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram