Breaking News :

चितवनका २ सञ्चारकर्मी माथि प्रहरीको दुर्व्यवहार

नेपाल प्रहरीको टोलिले चितवनका २ सञ्चारकर्मी माथि दुर्व्यवहार गरेका छन्। विप्लव समुहले आह्वान गरेकाे बन्दकाे समयमा फाेटाे भिडियाे खिच्न लागेका सञ्चारकर्मी माथि प्रहरीले दुर्व्यवहार गरेका हुन।

चितवकाे सिएमसि अगाडि प्रहरीले विप्लव कार्यकर्तालाई समातेकाे फोटो खिच्ने क्रममा सञ्चारकार्मि साैगात पराजुली र सनम सापकोटालाई प्रहरीले दुर्व्यवहार गरेको सञ्चारकर्मी साैगात पराजुलीले बताए।

आफू मिडिया कर्मि हो भन्दै कार्ड देखाए पनी प्रहरीले जेजे भएपनी क्यामरा बन्द गर्न र फोटो नखिच्न निर्देशन दिदै लखेटेकाे उनले बताए। पराजुली स्विट नेपाल डटकम र सापकाेटा चितवन मिडियामा आवद्व रहेका छन्।

 

merokhabarsathi

Read Previous

टिकौली जंगलमा एक पुरुषको शव फेला

Read Next

देवघाटधामको परिक्रमा गरिदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram