भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनको टिकौली जंगलमा एक पुरुषको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार हेटौंडा उपमहानमगरपालिका – ९ बस्ने ६३ वर्षीय ज्ञानबहादुर अधिकारीको शव आज बिहान भेटिएको हो ।
उनको शव भरतपुर महानगरपालिका– ९ को पूर्वपश्चिम राजमार्गबाट करिब ५० मिटर भित्र टिकौली जंगलमा भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै बिहान जंगलमा घास काट्न जाने स्थानीयले खबर गरेपछि जिल्ला प्रहरी कार्यालएको टोली त्यहाँ पुगेको थियो । करिब १४\१५ दिनदेखि घरबाट सम्पर्क बिहिन रहेका अधिकारीको शव आज सडेको अवस्थामा भेटिएको प्रहरी प्रवक्ता अधिकारीले जानकारी दिए । उनकाे शव भरतपुर अस्पतालमा पोष्टमार्टमको लागि राखिएको र शव आफन्तलाई बुझाउने प्रकियामा रहेको समेत अधिकारीले जानकारी दिएका छन् ।