Breaking News :

नेकपा (माले) को आठौं महाधिवेशनबाट पुनः महासचिवमा सीपी मैनाली निर्वाचित

नेकपा (माले) को आठौं महाधिवेशनबाट पुनः महासचिवमा सीपी मैनाली निर्वाचित भएका छन ।

आज (सोमबार) सम्पन्न महाधिवेशनबाट मैनालीको नेतृत्वमा ५८ सदस्यीय नयाँ केन्द्रिय कमिटी चयन गरिएको हो । मालेको महाधिवेशन शनिवारदेखि चितवनको नारायणगढस्थित नारायणी कला मन्दिरमा संचालन भएको थियो ।

केन्द्रिय कमिटीको दोस्रो बैठकबाट पद बिभाजन गर्ने केन्द्रीय सदस्य दिननाथ घिमिरेले जानकारी दिए । महाधिवेशनको बन्द सत्रमा ६ ओटा विषयमा कार्यपत्र प्रस्तुत भएको छ ।

बेलायती संसदीय ब्यबस्था असफल भएकोले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने व्यवस्था गर्न माहाधिवेशनबाट माग गरिएको छ ।

सबै प्रस्ताबहरु सर्वसम्मत पास भएको नेकपा(माले) ले जनाएको छ ।

merokhabarsathi

Read Previous

वाइसीएल नेता सहित चितवनका एक दर्जन युवा नेकपा एमाले प्रवेश

Read Next

चितवन महोत्सव पुस २५ गतेदेखि माघ ४ गतेसम्म हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram