Breaking News :

एमालेको १० औँ महाधिवेशनको तयारी तिब्र

रजिना पौडेल, चितवन- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशन चितवनमा हुने भएपछि तयारी सुरु गरिएकाे छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि जिल्लाले नारायणी नदी किनारमा उद्घाटन सत्र र सौराहामा बन्दसत्र गर्ने गरि तयारी गरेको हो।

महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार र बन्द सत्र सौराहाकाे होटेल सेभेन स्टारमा गर्ने गरी तयारी भएकाे नेकपा एमाले बाग्मति प्रदेशका इन्चार्ज काशीनाथ अधिकारीले जानकारी दिनुभयो। उहाँले उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने भएकोले नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरिएको र सर्वसाधारणलाई सहज हुने गरी विभिन्न सहरहरुमा डिस्प्ले बोर्ड समेत लगाउने तयारी भएको बताउनुभएको छ।

चितवन राजनितिक गतिविधिले सक्रिय र चर्चामा रहेकोले महाअधिवेशन चितवनमा गर्न लागिएको नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावलले बताए। महाअधिबेशनको लागी छनौट भएका ४ हजार भन्दा बढी प्रतिनिधिको बन्द सत्रमा सहभागी हुने बताउदै उनले राष्ट्रिय महाअधिवेशनकाे तयारी तिब्र गतिमा अगाडि बढाइएकाे बताएका छन् ।

merokhabarsathi

Read Previous

ग्राफिकको फेस्टिवल अफर पुरस्कार केस्ली ग्रुप प्रा.लि. लाई

Read Next

वाइसीएल नेता सहित चितवनका एक दर्जन युवा नेकपा एमाले प्रवेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram