Breaking News :

मञ्जुश्रीलाई बरालीको सहयोग

भरतपुर । मञ्जुश्री असाह्य संरक्षण केन्द्र भरतपुर चितवनको अक्षय कोषमा एक लाख रुपैया सहयोग भएको छ ।
भरतपुर १ निवासी मन्जुश्री असाहय संरक्षण केन्द्रकी संस्थापक सल्लाहकार एवं लायन्स कल्ब अफ चितवन युथ लेडिजका अध्यक्ष सचिना बरालीले आफ्नो जन्मदिनको अवसर पारेर एक लाख रुपैया सहयोग गर्नु भएको हो ।                                                                                      सहयोगी दाता बरालीले संरक्षण गृहले साहारा बिहीन बालबालिको साहार बनेर राम्रो काम गर्दै गएको र संस्था सञ्चालनमा सहयोग पुराउने उदेश्यले सानो भने पनि सहयोग गरेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिर्थी दिपक ढकालले मञ्जुश्री असाह्य संरक्षण केन्द्र धेरैको सहारा बनेको बताउनु भयो । उहाँले यस केन्द्रले धेरै बच्चाहरुको भविष्य उज्वल बनाउदै लगेको भन्दै दिगो आम्दानीका लागि अक्षय कोष अभियान निकै राम्रो हुने बताउनु भयो ।
कार्यक्रममा मञ्जुश्री असाह्य संरक्षण् केन्द्रकी अध्यक्ष मञ्जु खाँडले संस्था सञ्चालनमा समय समयमा दाताको कमी हुने बताउनु भयो । संस्था सञ्चालनमा कुनै दिनपनि समस्या नआओस् भन्ने उदेश्यले अक्षय कोष अभियान सञ्चालन गरिएको बताउनु भयो । उहाँले निरन्तर सहयोगी दाता नभएको अवस्थामा पनि अक्षय केन्द्रमा रहेका बालबालिकाको खाना पढाई र लाउन कुनै समस्या नहोस् भन्ने उदेश्यले अक्षय कोष सञ्चालन गर्न लागिएको बताउनु भयो । एक करोड रुपैया संकलन गर्ने अभियानमा सहयोगीदाताबाट सहयोग आउने क्रम सुरु अध्यक्ष खाँडको भनाई छ । केन्द्रमा २२ जना बालबालिकाहरुले संरक्षण लिईरहेका छन् भने करिव तिन सय पचास जनाको पुर्नमिलन गराईएको छ ।
कार्यक्रममा विशिष्ट अतिथी कृष्णप्रसाद खड्का रहनु भएको थियो भने तारा बराली, धनु थापा, सञ्जु कार्की, सुष्मा भट्टराई, रुपा परियार, बिनिता खाति, सीता पराजुली लगाएको सहभागिता रहेको छ ।

merokhabarsathi

Read Previous

प्रभात दिदी बहिनीको साधारण सभा सुरु

Read Next

ग्राफिकको फेस्टिवल अफर पुरस्कार केस्ली ग्रुप प्रा.लि. लाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram