Breaking News :

प्रभात दिदी बहिनीको साधारण सभा सुरु

प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २३ औ साधारण सभा सुरु गरेको छ ।
कोभीडका कारण बढी भिडभाड जम्मा नगरीकन कार्यक्रम गर्ने उदेश्यका शक्तिखोर सेवा केन्द्र मार्फत ईकाइ साधारण सभा सुरु गरेको प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष बिमला न्यौपाने ज्ञवालीले बताउनु भयो । उहाँले साधारण सभाका अवसरमा सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै,सहकारीका सदस्यहरुको राय सुझाव संकलन गर्ने काम गरीने बताउनु भयो ।
शक्तिखोर सेवा केन्द्रमा कालिका नगरपालिकाका नगर प्रमुख खुम नारायण श्रेष्ठ गोपीले एक कार्यक्रमका बिच साधारण सभाको उदघाटन गर्नु भएको छ ।
कात्तिक २३ गते शक्तिखोर सेवा केन्द्रबाट सुरु भएको साधारण सभा २४ गते लक्ष्मीपुर सेवा केन्द्र, २५ गते वडा नम्वर ७, ८ र ९ नम्बरका वडा शेयर सदस्यहरु जिल्ला समन्वय समितिको सभा हलमा हुने साधारण सभामा सहभागि हुन सक्ने सचिव साधना प्रोखेलले बताउनु भयो । त्यसैगरी २६ गते वडा नम्बर १० र ११ का शेयर सदस्यहरु र २७ गते वडा नम्बर १२ र अन्य छुटपुट सबैको सहभागितामा साधरण सभाको समापन हुने समेत सचिव पोख्रेलले बताउनु भयो ।

merokhabarsathi

Read Previous

राजनीतिक दबाबका कारण जरायो मार्नेलाई ५०० मात्रै जरिमाना

Read Next

मञ्जुश्रीलाई बरालीको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram