Breaking News :

राजनीतिक दबाबका कारण जरायो मार्नेलाई ५०० मात्रै जरिमाना

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा ट्रकको ठक्करबाट जरायोको मृत्यु भएको घटनामा ट्रकका चालक र सहचालकलाई जनही पाँच सय रुपैयाँ जरिमाना तिराएर छाडिएको छ ।

यसअघि बोलेरो गाडीको ठक्करबाट चित्तलको मृत्यु हुँदा डिभिजन वन कार्यालयले चालकलाई १३ हजार रुपैयाँ धरौटीमा रिहा गरेको र गाडी नियन्त्रणमा लिएको थियाे तर उस्तै प्रकृतिको घटनामा निकुञ्जले पाँच सय रुपैयाँ मात्रै जरिमाना तिराएर छाडेको हो ।

यही कात्तिक ५ गते निकुञ्जको मध्यवर्ती क्षेत्र सुनाचुरीको जंगलमा ना ५ ख २६६४ नम्वरको ट्रकले ठक्कर दिँदा वयस्क जरायो मरेको थियो । ठक्कर दिने ट्रक, त्यसका चालक बारा गढिमाई नगरपालिका-५ फत्तेपुरका ४८ वर्षीय तेजनारायण राम र सहचालक धादिङ रोराङ गाउँपालिका-७ का २८ वर्षीय दिलबहादुर सेढाईलाई नियन्त्रणमा लिई जनही ५०० रुपैयाँ जरिमाना लिएर छाडिएको निकुञ्जका सूचनाअधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ को ३ मा वन्यजन्तु मारेमा २० देखि ५० हजार रुपैयाँसम्म वा ६ महीनादेखि १ वर्षसम्म कैद वा दुबै हुने व्यवस्था छ । यसअघि पनि निकुञ्जले सोहीअनुसारको जरिमाना गराउने र मुद्दा चलाउने गर्दै आएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभक्त आचार्यले आकस्मिक दुर्घटना मात्रै भएकाले कम जरिमाना लिइएको दावी गरेका छन् । तर निकुञ्जका अधिकारी राजनीतिक दबाव र प्रभावमा पर्दा कम जरिमाना तिराएर छाड्ने गरिएको निकुञ्जका एक पूर्वकर्मचारीले बताए ।

merokhabarsathi

Read Previous

पुर्व प्रधानमन्त्री ओली द्वारा नारायणी नदिकिनारकाे अवलोकन

Read Next

प्रभात दिदी बहिनीको साधारण सभा सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram