भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
जग्गादाताप्रभु हाउजिङ एण्ड प्रोपटिज डिर्लसकातर्फबाट युवा व्यवसायी एवम् समाजसेवी तेजबहादुर कार्की ( केशव) ले २०७३ सालमा प्रेस चौतारी चितवनलाई भवन बनाउन भन्दैं भरतपुर ११ बसेनीमा साढे नौ धुर जग्गा उपलब्ध गराएका थिए ।
अहिले सो जग्गाको मूल्य झण्डै ७० लाख पर्न आउँछ । पेशागत पत्रकारहरुको सबैभन्दा ठूलो संगठन प्रेस चौतारी नेपालको देशभरीमा आफ्नो नाममा जग्गा भएको चितवनमा मात्रै हो । प्रेस चौतारी चितवनले सो स्थानमा भवन निर्माण गर्ने तयारी गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए ।