भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताएका छन् । मंगलबार चितवनको माडीमा आयोजित एमालेको कार्यक्रममा ओलीले चितवनलाई किन कुरुक्षेत्र बनाउनु पर्यो ? भन्दै प्रश्न गरे ।
केही दिनअघि चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवन आगामी चुनावमा कुरुक्षेत्र बन्ने बताएका थिए । ‘कुरुक्षेत्र किन बनाउने ?,’ ओलीले भने, ‘प्रचण्डले पहिलेकै बैस सम्झेर कुरुक्षेत्र बनाउने भनेका होलान् । अब कुरुक्षेत्र होइन, यहाँ धर्मक्षेत्र हुन्छ । विकास, शान्ति र एकताको क्षेत्र हुन्छ ।’
ओलीले बैसमा वम पड्काएर मान्छे मारेकाे जस्तो हैन भन्दै महाभारतमा जसले युद्ध चाहेकाे थियाे त्यसले हार व्यहाेरेकाे बताए । ‘कुरुक्षेत्रै बनाउन खोजेको हो भने म भन्न चाहन्छु, कौरवहरूले जितेका थिएनन्, पाण्डवहरूले जितेका थिए। जसले युद्ध खोज्छ उसले हार्छ,’ उनले भने।