Breaking News :

५ गठबन्धन मिलेर आए पनि चुनाव जित्न नेकपा एमाले एक्लै काफी छ: ओलि

नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावमा ५ गठबन्धन मिलेर आए पनि चुनाव जित्न नेकपा एमाले एक्लै काफी रहेको बताएका छन् ।

आज सोमबार भरतपुर महानगरको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । ५ गठबन्धन चुनावसम्म जारी राख्न आवश्यक रहेको भन्दै केही नेताहरुले भाषण गर्दै हिँडेको बताउँदै उनले जोजो मिलेर आए पनि एमालले सामना गर्ने बताए ।

उनले एमालेले लोकतन्त्रमा विश्वास गर्ने बताउँदै जनताले दिएको प्रत्येक मतलाई सम्मान गर्ने बताए । उनले अब फेरि कसैले मत पत्र च्यातेर चुनाव जित्छु भन्ने सपना नदेख्न पनि चेतावनी दिएका छन् ।

उनले दुई तिहाइ पुगेको कम्युनिष्ट पार्टी ध्वस्त पार्ने कोको हुन् ? भनेर जनताले चिनिसकेको बताउँदै अब एमालेले एक्लै बहुमत ल्याउने बताए ।

आफूहरु हरेक क्षेत्रमा बहुमत ल्याउने संकल्पका साथ अगाडि बढेको बताउँदै उनले रोक्न सके रोक्नका लागि विपक्षी दलहरु समक्ष चुनौती दिएका छन् ।

सुरुमा स्थानीय चुनाव आउने बताउँदै उनले स्थानीय चुनावमै विपक्षीहरुलाई धोवीले लुगा पछारे झैं पछार्ने गरी लाग्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् भने नेकपा एमाले नारायणीको भेल जस्तै भएको बताउदै दस ओटै सगंठन मिलेर आएपनि नेकपा एमाले एक्लैले चुनाव जित्ने बताउनुभएको छ।

merokhabarsathi

Read Previous

नेकपा एमाले इच्छाकामनाले केपी ओलिलाई इच्छाकामनामा स्वागत गर्ने

Read Next

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन सम्पर्क कार्यालय स्थापना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram