Breaking News :

भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको तयारी पुरा

नेकपा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको तयारी पुरा भएको छ। भरतपुरमा भोलि सोमबार हुने सो अधिवेशन नेकपा एमाले पार्टी अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। पार्टी अध्यक्ष ओलीले एमालेको १०औं महाधिवेशनको उद्घाटन  स्थल नारायणी किनार र बन्द सत्र स्थल सौराहामा पनि भोलि नै अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

पर्सि मंगलवार माडी स्थित रामजानकी धामको अवलोकन तथा सोही स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष ओली २ दिन चितवन रहने कार्यक्रम रहेको छ।

नेकपा एमाले भरतपुर महानगर कमिटीले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराईएको हो। भोलि हुने महानगरको अधिवेशनले पार्टीको ४ सय ६ सदस्यीय नयाँ नेतृत्व समेत चयन गर्ने नेकपा एमाले चितवन कि अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो। सो पत्रकार सम्मेलनमा नेकपा एमाले बागमती प्रदेश सह-इन्चार्ज  काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा महानगर इन्चार्ज देवी ज्ञवाली, जिल्ला अध्यक्ष पार्वती रावल, महानगर अध्यक्ष रामप्रसाद न्योपाने लगायतको उपस्थिति रहेको थियो ।

merokhabarsathi

Read Previous

प्रेस चौतारी चितवन द्वारा स्व.द्वारिका नेपाल स्मृति पुरस्कार स्थापना

Read Next

नेकपा एमाले इच्छाकामनाले केपी ओलिलाई इच्छाकामनामा स्वागत गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram