Breaking News :

केके छ केपी ओलीको चितवनमा दुई दिने कार्यक्रम

नेकपा (एमाले) का अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कात्तिक १५ र १६ गते चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आउने भएका छन्। काठमाण्डौंबाट सडक मार्ग हुँदै चितवन आउनुहुने ओलीका पाँच वटा कार्यक्रम तय भएको एमाले चितवनले जनाएको छ ।

नेकपा (एमाले) चितवनका अध्यक्ष पार्वती रावलका अनुसार कात्तिक १५ गते बिहान अध्यक्ष ओली सडक मार्ग हुँदै चितवन आउनु हुनेछ । उहाँ चितवन आए लगत्तै एमालेका महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारको अवलोकन गर्नुहनेछ ।

त्यस लगत्तै एमाले भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको रावलले जानकारी दिनुभयो । महानगर कमिटीको अधिवेशन भरतपुरको सिएमटि रिसोर्ट (पुरानो स्टार बैंङ्कैट) हाकिमचोकमा आयोजना गरिएको छ । उक्त सभालाई मध्यान्ह १२ बजे सम्बोधन गर्नुहुनेछ । अधिवेशन उद्घाटनपछि अध्यक्ष ओलीले एमालेको केन्द्रीय महाधिवेशनको बन्द सत्र हुने सौराहास्थित होटल सेभेन स्टारको अवलोकन गर्नुहुनेछ ।

कात्तिक १६ गते ११ बजे माडीको अयोध्याधाको अवलोकन एवं भेटघाट कार्यक्रम तय भएको छ । अध्यक्ष ओली प्रधानमन्त्री हुँदा भगवान राम नेपालको माडीस्थित अयोध्यापुरीमा जन्मिएको बताउनुभएपछि उक्त ठाउँमा मन्दिर निर्माण गरी राम, सीता, हनुमानका मूर्ति स्थापना गरिएको छ । अयोध्याधाममा विशाल राममन्दिर निर्माणका लागि गुरुयोजना समेत बनिरहेको छ । सोही दिन अध्यक्ष ओलीले नारायणी नदीमा सञ्चालन हुने क्रुजको पनि अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

merokhabarsathi

Read Previous

मगर सघं चितवनको अध्यक्षमा ठाकुरसिंह आले र सचिवमा सजन मगर सर्वसम्मत

Read Next

प्रेस चौतारी चितवन द्वारा स्व.द्वारिका नेपाल स्मृति पुरस्कार स्थापना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram