Breaking News :

मगर सघं चितवनको अध्यक्षमा ठाकुरसिंह आले र सचिवमा सजन मगर सर्वसम्मत

नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनको १७औं जिल्ला अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ।अधिवेशन बाट अध्यक्ष पदमा ठाकुरसिंह आलेमगर सर्वसहमत चयन भएको छ भने उपाध्यक्ष लाल बहादुर राना,मोहन बहादुर आले मगर,अमृत आले मगर सचिव सजन मगर सह-सचीव – भिम बहादुर मगर,शान्ता थापा मगर कोषाध्यक्ष पुरन थापा मगर,सह-कोषाध्यक्ष जित बहादुर सारु मगर र अन्य सदस्य सहित २५ जनाको नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मगर संघका केन्द्रिय महासचिव ज्ञानेन्द्र पुन मगरले मगरहरुको भाषा,संस्कृति,भेषभुषा रितिरिवाजको संरक्षणको लागी र मगरहरुको हकहितको निम्ति आफुले कुनै कसर नराखी अगाडी बढ्ने बताउदै यहीँ २५ गते बाट सुरु हुने राष्ट्रिय जनगणना २०७८ मा अनिवार्य मगर लेख,भाषा मगर को बिसयलाई जोड दिने समेत बताका थिए।साथै महासचिव पुनले पुन मगरको बिषयमा बिभाजन कारी रुपमा छुट्टै मगर भनेर गरिएको कुप्रचारप्रसार प्रति खेदप्रकट सवै मगरले समुदायलाई सचेत रहन समेत आग्रह गर्नु भएको थियो।

कार्यक्रममा चितवन जिल्लाका प्रारम्भिक समिति ४४ वटा ,भातृ समिति ५ वटा र स्थानीय समिति ७ वटाको सहभागीता रहेको थियो भने ४ जना मगर समुदायका वसन्ती अलेमगर, प्रेम कुमारी आले मगर, युवराज थापा, देउकुमार थापामगर लगाएतलाई सम्मान गरिएको थियो।
बन्द सत्रमा सचीवको साङ्गठनी प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन सर्बसम्मत पारित भएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल मगर संघ केन्द्रीय सदस्यहरू एकु थापा मगर, चन्द्र वहादुर राना मगर, नेपाल मगर संघ वाग्मती प्रदेश न ३ को उपाध्यक्ष कृष्ण राना मगर,नेपाल मगर संघ वाग्मती प्रदेश ३ को मुख्य सचिव सविन पुलामि मगर, नेपाल मगर संघ वागमती प्रदेश ३ संञ्चार।सचिव मिलन थापा मगर, अतिथि नेपाल मगर संघ वागमती प्रदेश नम्बर ३ सदस्यहरू काशी माया राना मगर, देव वहादुर राना मगर, कुमार थापा मगर लगाएको उपस्थिति रहेको थियो।सो कार्यक्रम नेपाल मगर संघ जिल्ला समन्वय समिती चितवनका सचिव सजन मगरले सञ्चालान गरेको थियो भने नेपाल संघ जिल्ला समन्वय समिति चितवनको अध्यक्ष खिम वहादुर थापा अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

merokhabarsathi

Read Previous

नेकपा एमाले भरतपुर-१६ को अध्यक्षमा इन्द्रबहादुर बस्नेत सर्वसम्मत

Read Next

केके छ केपी ओलीको चितवनमा दुई दिने कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram