Breaking News :

नेकपा एमाले भरतपुर-१६ को अध्यक्षमा इन्द्रबहादुर बस्नेत सर्वसम्मत

चितवन,कार्तिक ६-

नेकपा (एमाले) भरतपुर महानगरपालिका वडा नं. १६ को अध्यक्षमा इन्द्रबहादुर बस्नेत सर्बसम्मत चयन भएका छन । आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट बस्नेत सर्वसम्मत चयन भएका हुन्। वडा कमिटी उपाध्यक्षमा कृष्ण प्रसाद पौडेल, सचिवमा सजन मगर, उपसचिवमा सुर्य बहादुर परियार र दीपा गिरि चयन भएका छन् । राष्ट्रिय सराेकार तथा समन्वय समितिका सभापति तथा नेकपा एमाले चितवनका अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती) को प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले ४५ जना सदस्य सर्वसम्मत भएका हुन्। भने पहिलो बैठकमा त्यसलाई बढाएर ५१ जनाकाे सदस्सीय नयाँ कार्यसमिति बनाउने निर्णय भएकाे छ।

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन । वडा अधिवेशनलाई  पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको थियो ।

बाढी पहिरो प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन चितवनमा हुनेछ । विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ ।

 

merokhabarsathi

Read Previous

नेकपा (एमाले) काे आज मुलुकभर वडास्तरका अधिवेशन हुँदै

Read Next

मगर सघं चितवनको अध्यक्षमा ठाकुरसिंह आले र सचिवमा सजन मगर सर्वसम्मत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram