Breaking News :

सेटिङवाट बनेको कमफरटेवल सरकारले जनताको मन जित्नसक्दैन: नेता अधिकारी

चितवन । नेकपा एमाले बागमती प्रदेशका सह- इन्चार्ज काशीनाथ अधिकारीले अदालतको सेटिङवाट बनेको कमफरटेवल सरकारले जनताको मन जित्न नसकेकाे बताउनुभएको छ। नेता अधिकारीले देश बनाउने भिजन एमाले पार्टीसँगमात्रै भएको दावी गर्दै माडि नगर कमिटिले आयाेजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा साे कुरा उल्लेख गर्नुभएको हाे।

न्यायपालिकाले व्यक्ति ताेकेर प्रधानमन्त्री बनाउनु भनेको सविधान विरोधी भएकाे भन्दै अहिलेकाे सरकारले पुजीवादीकाे नेतृत्व गरेकाे र जनताकाे मन जित्न नसकेको सुकुम्बासी माथि गाेलि प्रहार गरि गरिबको खुसी खोसेको नेता अधिकारीले बताएका हुन्। उनले सम्बृद्ध नेपाल र सुखी नेपाली भन्ने नारालाई अबको निर्वाचन पछि नेकपा एमाललेको नेत्वमा बन्ने सरकारले मात्र पूरा गर्ने बताउनुभएको छ।

राष्ट्रिय सराेकार तथा समन्वय समितिका सभापति तथा नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल थापाले अदालतकाे सेटिङमा भएकाे गतिविधि अहिले देख्खिरहेकाे बताउनुभएको छ। उहाँले परमादेशमा प्रधानमन्त्री नियुक्ति भएको र परमादेशको सरकारले देशमा सुकुम्बासीमाथि समेत गोलि चलाएको र सेटिङमा मन्त्री समेत नियुक्ति गरेको भन्दै अदालतको सेटिङ र परमादेशको सरकारको गतिविधि जनता माझ स्पष्ट देखिएको बताउनुभएको हो। अहिलेको सरकारले जनताको हितमा काम नगरेको भन्दै नेकपा एमालेले प्रतिपक्षको भुमिका निर्वाह स्वरुप ससंदमा विराेध गर्नपनि बाध्यता समेत आएकाे बताउनुभएको छ।

बाग्मति प्रदेशका सांसद कृष्ण भुर्तेलले पदकाे मुद्दा धेरै समय नटिक्ने भन्दै अहिलेकाे पाटि विघटन पदकाे लाेभमा भएकाे बताउनुभएको छ। उनले पदकाे लाेभमा फुटेर जानेहरुकाे कुनै मुद्दा नभएकाे बताउनुभएको हाे। त्यस्तै रुपन्देहीमा भएकाे घटनाले अहिलेकाे सरकारकाे असक्षमता र निर्लज्जता रुप प्रस्तुत गरेको भन्दै सुकुम्बासीलाई गाेलि हान्ने घटना निन्दनीय भएको बताउनुभएको छ।

माडी नगरपालिकाका उपमेयर तारा कुमारी काजी महत्ताेले राजनितीलाई व्यवसाय नबनाउन आग्रह गर्नुभएको छ। नेकपा एसमा गएकाहरुलाइ राजनितीमा सामाजिक भावना लिएर आउन र घाटा नाफा नहेरी सामाजिककाममा लाग्न आग्रह गर्नुभएको हो।

माडी नगर कमिटी अध्यक्ष रेशम लाल आचार्य अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा श्री प्रसाद दवाडीले स्वागत मन्तव्य राख्नुभएको थियो। भने माडी नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदी, माडी नगरपालिका ८ का वडा अध्यक्ष कृष्णराज अधिकारी, नेकपा एमाले चितवनका क्षेत्रीय अध्यक्ष श्याम कुमार विष्ट, नेकपा एमालेका प्रदेश सदस्य उमाकान्त शर्मा, नेकपा एमाले चितवनका सचिव प्रकाश खनाल शैलेसले शुभकामना व्यक्त गर्नुभएको थियो।

merokhabarsathi

Read Previous

चितवनको पर्यटकीय नगरी सौराहाकाे प्रवेश द्वारमा राष्ट्रिय झण्डा

Read Next

एमाले भरतपुर महानगर अध्यक्षका लागि प्रधानले उम्मेद्वारी दिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram