Breaking News :

चितवनको पर्यटकीय नगरी सौराहाकाे प्रवेश द्वारमा राष्ट्रिय झण्डा

चितवनको पर्यटकीय नगरी सौराहामा राष्ट्रिय झण्डा राखिएको छ । रत्ननगर नगरपालिका वडा नं ६ ले सौराहामा पर्यटक आर्कषित गर्न निकुञ्जको प्रवेशद्धार नजिक राष्ट्रिय झण्डा राखेको हो ।                                                                                                                                       ३५ फिट उचाई भएको सो झण्डाकाे शुक्रवार मेयर नारायण वनले झण्डाउत्तोलन गरेका छन् । सो अबसरमा उनले कोरोनापछि गतिलिन थालेको सौराहामा राखिएको राष्ट्रिय झण्डाले पर्यटक आर्कषित गर्ने बताए । हामीले निकुञ्ज प्रवेशद्धारलाई आर्कषक बनाएका छौं उनले भने पर्यटक रमाउने ठाउँमा राष्ट्रिय झण्डा फर्फराउनु नेपालको सान झल्कने छ ।                                                                      कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले सौराहामा राखिएको नेपालकै अग्लो राष्ट्रिय झण्डाले पर्यटक माझमा एकताको सन्देश प्रबाह गर्ने बताए । वडाध्यक्ष बलराम दाहालले ३५ फिट उचाई भएको राष्ट्रिय झण्डा सम्भवत नेपालमै पहिलो भएको बताए । सौराहामा पर्यटक आर्कषित गर्ने थुप्रै चिज छन उनले भने अब नेपालको झण्डा थपिएको छ ।

merokhabarsathi

Read Previous

भरतपुुरमा भोलि दिनभर विद्युत अवरुद्ध हुने

Read Next

सेटिङवाट बनेको कमफरटेवल सरकारले जनताको मन जित्नसक्दैन: नेता अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram