Breaking News :

जेष्ठ नागरिकको ओठमा मुस्कान ल्याउन मुस्कान सहितको तस्बिर हस्तान्तरण

३१ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस र विश्व मुस्कान दिवसकाे अवसरमा देवघाट समाज कल्याण केन्द्र वृद्धा आश्रममा बस्दै आएका आमाबुवालाई मुस्कान सहितकाे तस्बिर प्रदान गरिएको छ। वृद्वाआश्रममा बस्दै आएका ३८ जना आमाबुवालाई मुस्कान सहितको तस्बिर हस्तान्तरण गरीएको हो। 

आज आश्रममा कार्यक्रम गर्दै कार्यक्रमका अध्यक्ष देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरण बाबू घिमिरे ले बुवा आमालाई आज मुस्कान दिवसमा थोरै भएपनी पीडा भुलाएर ओठमा मुस्कान ल्याउन तस्वीर हस्तान्तरण गरेको बताए। जेष्ठ नागरिकलाई सेवा गर्न पाउनु सबै भन्दा ठूलो धर्म र सेवा रहेको बताउदै उनले एक दिन दिवसको रुपमा मात्र नभइ सधै बुबा आमाको ओठमा मुस्कान ल्याउन लागि पर्ने बताउनुभयो।

कार्यक्रमका प्रमुख अतिथि देवघाट क्षेत्र विकास समितिकाे निर्वतमान अध्यक्ष शिव राज पौडेलले विश्वभर मुस्कान दिवस र जेष्ठ नागरिक दिवस मनाइरहदा पनि अहिलेका पुस्ताले जेष्ठ नागरिकलाई समय दिन नसकेकोले जेष्ठ नागरिक आश्रममा बस्न बाध्य भएकाे बताए। अब जेष्ठ नागरिकलाई सम्मान सहित घरमा नै राख्न पर्ने र सम्मानित व्यवहार गर्न पर्नेमा जाेड दिदै जेष्ठ नागरिकको बारेमा बहस गर्न सक्ने बलियो सस्थांको पनि आवस्यकता रहेको उनले बताएका छन्।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका सदस्य प्रविन कार्की र सरस्वती उपाध्याय खनाल ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। भने देवघाट समाज कल्याण केन्द्रका आजिवन सदस्य, देवघाटका स्थानीय शिक्षा प्रेमी एवं सामाजिक व्यक्तित्वहरुको उपस्तिथि रहेको थियो।

merokhabarsathi

Read Previous

सरकारी विद्यालयका लेखापाल र कार्यलय सहयाेगीले महानगरलाई बुझायाे पारिश्रमिक अनुराेध पत्र

Read Next

सभामुखको गैरसंवैधानिक र दलीय स्वार्थकेन्द्रित व्यवहार नसच्चिएसम्म सदनमा एमालेको विरोध जारी रहन्छ– सांसद रावल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram