Breaking News :

चितवनका थारु महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाउँदै

चितवनका थारु महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् ।

थारु समुदायको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया पर्व धुमधामका साथ मनाउन लागिएको हो । विहान भाले नबास्दै दर खाएका थारु महिलाहरु आज विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् ।  तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु महिला अगुवा चन्द्रकुमारी चौधरी बताउँछिन् ।                                                                                   यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ ।

merokhabarsathi

Read Previous

युवा सघंले शिवघाटमा खुल्ला नकआउट फुटबल प्रतियोगिता गर्ने

Read Next

सरकारी विद्यालयका लेखापाल र कार्यलय सहयाेगीले महानगरलाई बुझायाे पारिश्रमिक अनुराेध पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram