Breaking News :

युवा सघंले शिवघाटमा खुल्ला नकआउट फुटबल प्रतियोगिता गर्ने

चितवनकाे भरतपुर महानगरपालिका-१६ शिवघाटमा खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। राष्ट्रिय युवा सघं नेपाल भरतपुर महानगरपालिका-१६ न. वडा कमिटीकाे आयोजनामा असाेज १६ गतेदेखि खुल्ला नकआउट फुटबल प्रतियोगिता हुन लागेकाे हाे।

नेपालीहरुकाे महान् पर्व विजया दशमी, शुभदिपावलि र छठ पर्वकाे पावन अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको युवा सघंकाे वडा कमिटीले आज (बुधबार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ।

पत्रकार सम्मेलनमा बाेल्दै बाग्मती प्रदेश खेलकुद विकास समितिका अध्यक्ष प्रल्हाद प्रधानले स्वास्थका लागि र राष्ट्रका लागि खेलकुद महत्त्वपूर्ण रहेकाे बताउदै उनले १६ न. युवा सघंकाे कमिटीले आयाेजना गर्न लागेकाे फुटबल प्रतियोगिताले लामो समय बन्दाबन्दीले खेल क्षेत्रमा पारेको असरलाई कम गर्न मद्दत गर्ने बताए।     

राष्ट्रिय युवा सघं नेपाल भरतपुर महानरपालिकाका अध्यक्ष सुविन न्याैपानेले वडाकमिटिले आयाेजना गरेकाे फुटबल प्रतियोगिताले युवा वर्गमा आपसी एकता तथा सम्बन्ध सुदृढ गर्ने र खेल प्रेमीलाई प्रोत्साहन गर्ने बताए।

खुल्ला नकआउट प्रतियोगितामा अनुमाति २१ भन्दा बढी टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष निर्मल गुरुङल जनाएका छन् । प्रतियोगितामा सहाभागिता जनाउन चाहाने समुहले ४५ सय फि तिर्न पर्ने बताउदै अध्यक्ष गुरुङले युवाहरूलाई जागरुक गर्न र युवाहरूमा आपसी सद्भाव बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

राष्ट्रिय युवा सघं वडाकमिटिले आयाेजना र ढड्डाघारी युथ क्लबकाे सहआयाेजनामा गर्न लागेकाे प्रतियोगितामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले २५ हजार र उत्कृष्ट खेलाडी १ जनाले १० हजार जित्न सक्नेछन्। दशदिने खेल प्रतियोगिता शिवघाट स्थित भगेरि थान चाैरमा ३ बजेबाट सुरुहुनेछ। भने प्रतियोगिताको व्यवस्थापन राष्ट्रिय युवा सघं महानगर कमिटीले गर्ने छ।

 

merokhabarsathi

Read Previous

गैंडाकाेट सवारी दुर्घटना हुदा तिन जनाको मृत्यु

Read Next

चितवनका थारु महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram