Breaking News :

गैंडाकाेट सवारी दुर्घटना हुदा तिन जनाको मृत्यु

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको गैंडाकोट-१० स्मृतिपुल नजिकै आज बिहान सवारी दुर्घटना हुदा तिन जनाको मृत्यु भएको छ ।
बिहान करिव ४ बजे काकँडभित्ता देखि महेन्द्रनगर तर्फ जादैँ गरेको सु.प.-०२-००१ ख ११२३ नं. को बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नं. को ट्रक एकआपसमा ठक्कर खादा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसी दिलिप कुमार गिरीले जानकारी दिनुभयो । मृतकहरुको परिचय खुल्न बाँकी रहेको गिरीले बताउनुभयो ।
दुर्घटनामा बस सडक देखि १० फिट तल खस्दा ट्रक चालक र बस चालक सहित २७ जना घाँईते भएका थिए । उपचारको लागि चितवन पठाइएकोमा तिनको मृत्यु भएको र ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी गिरीले बताउनुभयो । उहाँको अनुसार घाइते मध्ये १६ जना मध्यम र ५ जना सामान्य अवस्थामा रहेका छन् । उनिहरुको चितवनको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

merokhabarsathi

Read Previous

पत्रकार आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram