Breaking News :

पत्रकार आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन

चितवन : युवा पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन गरिएको छ । चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरुको एक भेलाले राजेन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समुह चितवनको निर्विरोध नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्ष महेश पाण्डे, सचिवमा रामु आचार्य र कोषाध्यक्षमा सन्तोष वस्ताकोटीलाई चयन गरेको छ ।

यसैगरी, सदस्यमा विवेक पोख्रेल, रविना पौडेल, सुरक्षा न्यौपाने, विपिन शर्मा आचार्य, प्रेम प्रसाद सापकोटा, मदन अछामी, निराजन घिमिरे रहेका छन् । नवगठित समुहका अध्यक्ष युवा पत्रकार आचार्यले चितवनमा फोटो पत्रकारिताको विट विकास गर्न नयाँ पहल थाल्ने बताए । साथै उनले आफुहरुले पहिलो वैठक पश्चात ठोस नीतिसहित फोटो पत्रकारिता तालिम समेत जिल्लामा सञ्चालन आचार्यले बताए ।

merokhabarsathi

Read Previous

प्रभातको वित्तिय साक्षरता

Read Next

गैंडाकाेट सवारी दुर्घटना हुदा तिन जनाको मृत्यु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram