भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
भरतपुर अस्पतालको लेखा शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटाैडाकाे टाेलिले छापा मारेकाे छ। बीमा र फार्मेसीको औषधि खरिदमा अनियमितता भएको उजुरीका आधारमा अख्तियारले छापा मारेकाे हाे।
औषधि खरिद गर्न एउटालाई ठेक्का लगाएर अर्कोसँगबाट औषधि किनेको भन्ने उजुरीका आधारमा छापा मारेकाे अख्तियार आयाेग हेटौंडाका सूचना अधिकारी बिष्णु सापकोटाले जानकारी दिए। सापकाेटाकाे नेतृत्वमा रहेकाे ५ जनाको टोलीले छापा मारेको हो। अख्तियारले लेखा शाखामा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएकाे छ भने स्टोरमा औषधिको स्टक र बिक्रीको विवरण हेरिरहेकाे छ।
बीमाको औषधि किन्दा चिकित्सकले ५ वटा औषधि लेखेर दिए पनि बीमाबाट जम्मा १ वटामात्र औषधि निशुल्क पाउने र अरू बाहिरबाट किन्नुपर्ने समस्या रहेकाे र अस्पतालमा आर्थिक वर्ष ०७३/७४ देखि अनियमितता हुने गरेको अख्तियारमा उजुरी परेकाे बताइएकाे छ।