Breaking News :

पूर्वप्रधानमन्त्री केपि ओलिले साथ नदिदा चितवनको विकास गर्न सकिएन:प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलि हुदाँ आफूले साथ नपाएकाले चितवनको विकास सोँचे जति गर्न नसकिएको गुनासो गरेका छन् । सार्वजनिक निजी साझेदारी अवधारणा बमोजिम निर्माण हुन लागेको भरतपुर मेट्रो प्लाजाको आज (बुधबार) विहान शिलान्यास गर्दै अध्यक्ष दाहालले तत्कालिन प्रधानमन्त्री आफ्नै पार्टीका अध्यक्ष भएर पनि आफुलाई साथ नदिएकाेले चितवनकाे विकास साेचे अनुरुप गर्न नसकेको गुनासो गरेका हुन्।

उनले चितवनको विकास राष्ट्रको विकासको मोडल बनोस् भन्ने आफ्नो चाहना रहेको भन्दै अब नयाँ सरकारको साथ र सहयोग रहनेमा विश्वास व्यक्त गरे। नयाँ सरकारले नै देशमा विकासको गति दिने दावी गर्दै अध्यक्ष दाहालले मकवानपुरकाे केही भू–भाग, नवलपुरको भ–ूभाग र चितवनलाई मिलाएर एउटै मोडलमा विकास गर्नुपर्नेमा जोड दिए। झण्डै दुर्घटनामा परेको देशलाई गठबन्धनले बचाउन सफल भएको भन्दै उनले अब देश विकासमा ध्यान केन्द्रित हुने बताए ।

merokhabarsathi

Read Previous

काेराेनामा स्वतन्त्र जगंलि जनावर (हेराै फाेटाे फिचर)

Read Next

भरतपुर अस्पतालमा अख्तियारकाे छापा, फार्मेसीको औषधि खरिदमा अनियमितताकाे आराेप

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram