भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
कोरोना भाइरसले गर्दा विश्वका अधिकांश देशहरु आक्रान्त छन्। नेपालमा पनि कोरोनाको भयावह अझैपनि टरिसकेकाे छैन। निषेधाज्ञा केहिमात्रामा खुलेर सहज भएपनि पर्यटकीय गतिविधि भने अझैपनि ठप्पनै छ। तर वनजगंलमा रहेका चराचुरुङ्गी र वन्यजन्तुहरु भने याे समयमा स्वतन्त्र र खुला रुपमा देखिन्छन्। मानिसहरुलाई लकडाउनले गर्दा जीवनयापन गर्न गाह्रो भएपनि चराचुरुङ्गी तथा जनावरहरुलाई भने यसले फाइदा पुर्याएको छ । अहिले चराचुरुङ्गी तथा जनावरहरुले राहतको महसुस गरिरहेका छन् । पर्यटक नआउदा र मानिसकाे ओहाेरदाेहाेर कम भएकाेले हाेला चितवन राष्ट्रिय निकुञ्जमा गैंडा तथा अन्य जनावरहरु अहिले खेलिरहेकाे जगंलकाे छेउ बाटै पनि देख्न सकिन्छ। हरिणकाे चाल, मयुरकाे नाचँ, एकसिङ्गे गैंडा र चराचुरुङ्गीकाे चिरबिरचिरबिरले वन नै यतिबेला गुन्जयमान छ। काेराेनाले मानवजातिलाई बन्दी बनाएपनि वन्यजन्तुलाई भने खुलारुपमा हिडडुल गर्न सहज बनाएकाे देखिन्छ।