Breaking News :

गैँडा तस्करीमा सङ्लग्न ५ जना पक्राउ, घुमन्ते प्रहरी र प्रहरीको सुराकीनै गैंडा तस्करीमा सङ्लग्न

चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्करीमा सङ्लग्न भएका ५ जनालाई पक्राउ गरेको छ । २०७६ भदाै मा बन्दुक प्रयोग गरि नवलपरासी स्थित मर्दिघोलमा गैडा मारेर बन्चरोले खाग काटी बेचेकाे १५ जना मध्य ५ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरका मेख बहादुर नेपाली, जाजरकोटको वीर बहादुर बस्नेत, चितवनका आराेष उप्रेती, जित बहादुर कुमाल सहित अर्को एकजना रहेका छन्। जित बहादुर सहित २ जना फरार प्रतिवादीहरु रामकुमार प्रजा र बमबहादुर प्रजाले गैंडा मारेर खाग घरमा ल्याएर पकाइ वीर बहादुर बस्नेतलाई बिक्री गरेको र सोही खाग काठमाडौंमा लगेर फरार प्रतिवादिलाई बेचेको र तत्पश्चात उक्त खाग मेख बहादुर नेपालीले लिएर गइ ५५ लाखमा बिक्री गरि वीर बहादुर बस्नेतलाई ५० लाख दिएको र उक्त पैसा विरबहादुर बस्नेतले अन्य प्रतिवादीलाइ समेत दिएको अनुसन्धानमा खुल्न आएको निकुञ्ज प्रमुख अणनाथ बरालले बताउनुभयो। गैंडा खाग तस्करमा सङ्लग्न १५ जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु सरंक्षण ऐन, २०२९ काे दफा ५ बमाेजिम सजाय हुन जिल्ला अदालत नवलपुरमा बुझाउने बरालकाे भनाइ छ।                                                                                                                                                पक्राउ प्रतिवादी वीर बहादुर नेपाल प्रहरीको घुमन्ते प्रहरी र मेघ बहादुर प्रहरीको सुराकी समेत रहेको खुलेको छ। साथै यस मुद्वामा सङ्लग्न १० जना प्रतिवादीहरु अझै फरार रहेका छन्।

 

merokhabarsathi

Read Previous

प्रेस चौतारी चितवनले जोखिम पत्रकारिता र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने

Read Next

काेराेनामा स्वतन्त्र जगंलि जनावर (हेराै फाेटाे फिचर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram