भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
चितवनमा लकडाउन खुकुलाे भएपछि काेराेना संक्रमितको संख्या बढ्दै गएकाे छ। काेराेना संक्रमितको संख्यामा कमि आएपछि लकडाउन खुकुलो भएको थियो। लकडाउन खुकुलो भएपछि बजारमा हुने भिडभाड र सार्वजनिक यातायात चल्न थालेपछी कोरोना संक्रमीत को संख्यामा पनि वृद्धि भएको जनस्वास्थ्य कार्यलय चितवनले जनाएको छ। असार पहिलो हप्ता कोरोना संक्रमण हुने संख्यामा कमि आएपछि लकडाउन खुकुलो गरेको थियो तर लकडाउन खुकुलो भएपछि असारको दोस्रो साताबाट भने पुन कोरोना संक्रमितको संख्या बढेको स्वास्थ्य कार्यलय चितवनका स्वास्थ्य अधिकृत गीताञ्जलि ढकालले बताउनुभयो। उनले चितवनका २ जनामा डेल्टा प्लस भनिने काेराेना भाइरस संक्रमण पनि देखिएको बताउदै चितवन भएर चल्ने सवारीसाधन र बढ्दाे शहरीकरणले चितवनमा नयाँ भेरियन्टकाे काेराेनाको जाेखिम उच्च रहेकोले सतर्कता अपनाउन समेत आग्रह गर्नु भएको छ।
पछिल्लो समय मानिसहरुले काेराेनालाई सामन्य रुपमा लिदा र लापरबाही गर्दा काेराेनाकाे जाेखिम बढेकाे भरतपुर अस्पतालले जनाएको छ। नयाँ भेरियन्टकाे काेराेना डेल्टा प्लस चितवनमा देख्खिसकेकाे र यसकाे संक्रमण दर र मृत्यु दर पनि उच्च रहेकोले चितवनमा काेराेना जाेखिम उच्च रहेकाे चिकित्सकहरुले बताएका हुन्।
लकडाउन खुकुलाे भएपछि चितवनकाे बजार क्षेत्रमा भिडभाड बढ्दै गएकाे र बढ्दाे भिडभाड सगै मानिसहरुले काेराेनालाई सामान्य रुपमा लिदा र स्वास्थ मापदण्ड पालना नगर्दा चितवनमा काेराेनाकाे जाेखिम कायम नै रहेकाे भरतपुर अस्पतालका फाेकल पर्सन प्रमोद पौडेलले बताएका हुन्। त्यसैले लकडाउन खुकुलो बनाएपनी स्वास्थ्य मापदण्ड भने कडाइको साथ लागू गर्नुपर्ने उनले बताएका छन्।