Breaking News :

हाकिम चोक शाखा बन्यो रिलायवल नेपाल लाईफ इन्स्योरेन्सको टप ब्रान्च

नेपाल भरि बाटै सर्वाधिक बिजनेश दिएर उत्कृष्ट बन्न सफल भएको रिलायबल नेपाल लाइफ इन्सुरेन्स लिमिटेड, हाकिम चोक शाखा भरतपुरले एक कार्यक्रमको आयोजना गरि खुशियाली मनाएको छ । सो शाखाले आफ्ना अभिकर्ताहरूलाई अभिप्रेरित गर्दै खुशियाली मनाएको हो ।                                                                                                                                                   सो कार्यक्रममा संस्थाका तर्फ बाट रिलायवल नेपालको पहिलो एम.डि.आर.टि.पुनः दोस्रो पटक पनि एम.डि.आर.टि. पाउन सफल धर्मेन्द्रजंग रायमाझी, सामूहिक बिजनेस मार्फत नेपाल प्रथम हुन सफल गङ्गा कुमारी रायमाझी, करोडपति क्लबमा प्रवेश गर्न सफल शर्मिला मुक्तान, तारा माया कुमाल लगायतलाई खादा, माला लगाएर सम्मान गरिएको थियो । सो कार्यक्रममा मन्तव्य राख्दै शाखा प्रमुख राजकुमार दाहालले हरेक नागरिकको बिमा गराउन अपरिहार्य रहेको बताउनुभयो ।                                                                    जनताको भैपरी आउने क्षति न्यूनिकरणको लागि बीमाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै प्रत्येक नागरिकलाई सुरक्षा र समृद्धिको लागि बीमा गर्न शाखा प्रमुख दाहालले आग्रह गर्नुभयो । सो कार्यक्रम एजेन्सी म्यानेजर विशाल बुढाथोकीले संचालन गर्नुभएको थियो।

merokhabarsathi

Read Previous

पत्रकार रानाभाटलाई युवा पत्रकारिता पुरस्कार २०७८ प्रदान

Read Next

एन.आर.एन.ए. अष्ट्रेलियाका युथ सेक्रेटरीमा चितवनका क्षीतिज बुढाथोकी निर्वाचित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram