Breaking News :

पत्रकार रानाभाटलाई युवा पत्रकारिता पुरस्कार २०७८ प्रदान

चितवन, असार ३० । पत्रकार डोलराज रानाभाटलाई यो वर्षको युवा पत्रकारिता पुरस्कार २०७८ प्रदान गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयले देशभरबाट आह्वान गरेको मनोनयनबाट मन्त्रालयको मूल्याङ्कन समितिले रानाभाट सहित चार जनालाई आज उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशि प्रति व्यक्ति रु ५० हजार रहेको छ ।
मन्त्रालयमा एक कार्यक्रमको आयेजना गरी युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले दोसल्ला र प्रमाण पत्र सहित पुरस्कार प्रदान गर्नुभएको थियो ।
युवा पत्रकारिता पुरस्कारको कार्यविधि अनुसार एक महिला सहित चार जनालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
१० वर्ष पहिले रेडियो पत्रकारिताबाट प्रवेश गर्नुभएका रानाभाट अहिले गैँडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएमको समाचार प्रमुखमा कार्यरत रहनुभएको छ भने इमेज च्यानलको चितवन संवाददाता हुनुहुन्छ । रानाभाट सहित अर्घाखाचीबाट राधा नेपाली,धनुषाबाट शिव अधिकारी र सिरहबाट अजय शाह पनि छनौटमा परी पुरस्कृत हुनुभएको छ ।
युवाहरुको सवालमा कलम र क्यामेरा चलाउने पत्रकारहरुलाई थप प्रेरणा मिल्ने उद्देश्यले मन्त्रालयले वर्षेनी यो पुुरस्कार दिँदै आएको सचिव न्यौपानेले जानकारी दिनुभयो । देशमा काम र युवाहरुवीच तालमेल नमिलेको भन्दै अव नेतृत्वमा युवा आउनुपर्ने र काम गर्दा सानो होइन ठूलो होइन्छ भन्ने भावनाको विकास गर्न युवालाई सचिव न्यौपानले आग्रह गर्नुभयो ।
कार्यक्रममा उपसचिव वन्दना झा, शाखा अधिकृत राजेश गौतम लगायतको सहभागीता रहेको थियो ।

merokhabarsathi

Read Previous

कालिका नगरपालिकाका ४९ कृषक पुरस्कृत

Read Next

हाकिम चोक शाखा बन्यो रिलायवल नेपाल लाईफ इन्स्योरेन्सको टप ब्रान्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram