Breaking News :

सुजिता मृत्यु प्रकरण : अभियान्ता र युटुवमा आउने झुटा खबरले अनुसन्धानमा अवरोध

पूर्वी चितवनको राप्ती नगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीय सुजिता भण्डारीको मृत्युको विषयमा जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहिबार पत्रकार सम्मेलन गरी मृत्युु भएकाे विषयमा भइरहेको अनुसन्धानका बारेमा जानकारी दिएको छ । अपहरण भएको भनि परिवारले उजुरी गर्ने बित्तिकै उनकाे खोजिमा प्रहरी लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले बताएका छन् । उनले अपहरणमा परेको सूचना पाइसकेपछि प्रहरीको धेरै समूह बनाएर ‘डे वान’ देखि नै सम्भावित सबै क्षेत्रमा खोजतलास गरिएको बताउदै शङ्कास्पदसँग सोधपुछको काम भइरहेको गरिरहेकाे बताएका हुन्।

उनले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्दा केही कुरा खुलेको बताउदै थप अनुसन्धान जारी रहेको बताए। तर अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलाप र युटुवमा आएका विभिन्नशिर्षक सहितका भिडियाेले अनुसन्धानमा कठिनाई भएकाे छ। उनले भने  ‘आजका दिनमा पनि हामीले पीडित परिवारलाई भनेको समयमा भेट्न पाइरहेको अवस्था छैन’, अपराध अनुसन्धानमा समाजले त प्रहरीलाई सूचना दिएर विगतका कुरा र सम्बन्ध बारे भन्नुपर्नेमा म सूचना लिन जान्छु भन्दा त्यहाँ अवरोध खडा गरिएको छ ।’ बाहिरबाट पिलेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उनको भनाइ छ ।

merokhabarsathi

Read Previous

सुजता मृत्युु प्रकरण: न्यायकाे माग गर्दै आमा, प्रहरी भन्छ अनुसन्धान भैराछ

Read Next

कालिका नगरपालिकाका ४९ कृषक पुरस्कृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram