Breaking News :

सुजता मृत्युु प्रकरण: न्यायकाे माग गर्दै आमा, प्रहरी भन्छ अनुसन्धान भैराछ

असार ११ गते विहान ६ बजे साथिको घर जान भनेर हिडेकी राप्ती-३ काे सुजिता भण्डारी सोही दिनदेखि वेपत्ता भएकी थिइन । उनि बेपत्ता भएकै १०दिनपछि ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र उनको शव फेला पर्याे। सुजिता सकुशल भेटिने आशमा रहेको उनको परिवार उनकाे शव भेटिएपछि भावविह्वल बनेकाे छ। सुजिताकाे आमा अम्बिका भण्डारीले छोरीको शब फेला पर्यो भनेपछि आफ्नो छोरीको हत्यारा पत्ता लगाइदिन माग गरेकी छिन् । ‘हामी रोपाईंमा गएका थियौं । घर आउदा छोरी थिइनन छोरी अपहरणमा पर्यो भनेर छाेरीले नै फाेन गरेपछि मात्रै थाहा भयो । उसले फोन गरेर बचाउन भनेकी थिइ, तर शव भेटियाे। जगंलकाे त्याे कुनामा लगेर मेराे छाेरीलाई कसैले हत्या गरेकाे हाे त्याे आत्महत्या हैन त्यसैले मेरो छोरीलाई न्याय दिलाइदिनुस अम्बिकाले भनिन्।

प्रहरीले भने घटानाको अनुसन्धान भइरहेको बताएको छ। घटनाकाे विषयमा सुचना पाए लगत्तै खाेजिकार्य सुरु गरेकाे र हराएको १० दिनपछि शव भेटिएकाे जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले बताए उनले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरिसकेको र थप अनुसन्धान जारी रहेको बताएकाछन्। उनले अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले र युटुवमा हुने सुचना सम्प्रेषणले समाजमा गलत सूचना जादा अनुसन्धानमा कठिनाई भएको समेत बताएका छन्।

merokhabarsathi

Read Previous

इन्सेक बागमती प्रदेश द्वारा चितवनको २ पालिकामा गरेका कार्यक्रमको अनुगमन तथा निरीक्षण

Read Next

सुजिता मृत्यु प्रकरण : अभियान्ता र युटुवमा आउने झुटा खबरले अनुसन्धानमा अवरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram