Breaking News :

इन्सेक बागमती प्रदेश द्वारा चितवनको २ पालिकामा गरेका कार्यक्रमको अनुगमन तथा निरीक्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश हेटौँडाले आज चितवनको राप्ती र खैरहनी नगरपालिकामा गरेका कार्यक्रमको अनुगमन तथा निरीक्षण गरेको छ ।

मानिसकाे आधारभुत अधिकारलाई सुनिश्चित गर्नपर्छ भन्दै इन्सेकले पछिल्लो समय स्थानीय तहहरुसँग मिलेर सवैलाई शिक्षा, स्वास्थ्य,आवास लगायतको कुराहरुकाे सुविधा माग गर्दै आएको बागमति प्रदेशका सयोजक कृष्ण गौतमले जानकारी दिनुभयो । देशमा राजनीतिक परिवर्तन भएपनि जनताको जीवनस्तर सुधार नहुँदा समस्या भइरहेको बताउँदै आफूहरुले आर्थिक सामाजिक सांस्कृति अधिकारका विषयमा आवाज उठाउँदै आएको जानकारी दिनुभएकाे हाे । स्थानीय तहहरुले माटो र बाटो मात्रै विकास सम्झदा आफूहरुले ३५ वटा जिल्लाका ७० वटा स्थानीय तहमा कार्यक्रम गर्दै मानव अधिकारका विषयवारे आम नागरिकलाई थाहा हुनुपर्ने कुरालाई जोड दिँदै आएको बताउनुभयो । ती स्थानीय तहहमा समूह गठन गरी शिक्षा,स्वास्थ्य खाद्य र आवास को व्यवस्था प्राथमिकतामा राख्न आफूहरुले खवरदारी गर्दै आएको गौतमले बताउनुभयो ।

कार्यक्रममा राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले आगामी बर्षबाट नगरपालिकाले बजेट विनियोजन गर्नेगरी कार्यक्रम गर्ने बताउनुभयो । खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले नगरवासीको आधारभूत आवश्यकतालाई पुरा गर्दै भौतिक, सामाजिक शैक्षिक स्वास्थ्य क्षेत्रमा पनि बजेट विनियोजन सहित काम गर्दै आएको जानकारी दिनुभयो ।

मानव अधिकार संरक्षण र सम्वद्र्धनका लागि काम गर्दै आएको इन्सेकले सोही अवसरमा खैरहनी नगरपालिकामा मानव अधिकार संरक्षण र सम्वद्र्धनका लागि मिडिया साझोदारी बैठक समेत सम्पन्न गरेको छ । कार्यक्रममा चितवन र मकवानपुरका पत्रकारहरुको उपस्थिती थियो । सो अवसरमा चितवनका पत्रकार रामकान्त पौडेल र मोनिका विश्वकर्माले कोभिडका कारण पत्रकारितामा केही चुनौति देखा परेको र अनावश्यक विषय उचाल्ने युटुवका कारण पत्रकारहरुलाई समस्या पर्दै गएको बताउनुभएको थियो । त्यस्तै कार्यक्रममा मकवापनुरका पत्रकार सुरेश श्रेष्ठ स्थानीय तहको विज्ञापनको आशाले कतिपय लेखिनुपर्ने इस्यू समेत नलेखिएको बताउनुभयो । कार्यक्रममा बोल्दै इन्सेक बागमती संयोजक कृष्ण गौतमले मानवअधिकारको क्षेत्रमा कार्यरत व्यक्तिहरु र पत्रकार दुवैजनावीच सहकार्य हुनुपर्ने बताउँदै जनताको हक अधिकारको विषय उठाउँदा आउन सक्ने धम्कीका विरुद्ध थप लड्न सक्ने बताउनुभयो । पत्रकारहरुको उपस्थिती रहेको कार्यक्रमको सहजीकरण इन्सेक चितवनका संयोजक पत्रकार दिपेन्द्र अधिकारी ले गर्नुभएको थियो ।

merokhabarsathi

Read Previous

पूर्वी चितवनमा आज साँझदेखि कर्फ्यु जारी

Read Next

सुजता मृत्युु प्रकरण: न्यायकाे माग गर्दै आमा, प्रहरी भन्छ अनुसन्धान भैराछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram