भरतपुरमा पैसा बाँड्दै हिडेको आरोपमा काँग्रेस जिल्ला सभापति सहित माओवादी नेता स्थानीयको नियन्त्रणमा
रत्ननगर नगरपालिकाले महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । नगरपालिकाले सोमबार चितवनका १५ जना महिला पत्रकारहरुको लागि क्षमता अभिवृद्धि कार्यक्रम गरेको हो ।
कार्यक्रममा कोरोनाको समयमा महिला पत्रकारलाई रिपोर्टिङको क्रममा परेका समस्याबारे छलफल हुनुकाे साथै महिला पत्रकारहरुले आफ्नो पत्रकारिताबारे अनुभव सुनाएका थिए । नगरपालिकाका मेयर नारायण वन प्रमुख अतिथि भएको साे कार्यक्रममा चितवनकी महिला पत्रकार शान्ता अधिकारी र प्रतिमा सिलवालले प्रशिक्षण दिनुभएकाे थियाे ।
कार्यक्रममा बोल्दै मेयर नारायण वनले मिडिया राज्यको चाैथाे अगं रहेकाे उल्लेख गर्दै पछिल्लो समय केही अनलाइन मिडियाले चर्चाको लागि मात्र कामगर्दा मुलधारको मिडियाले पनि नकारात्मक टिप्पणी सुन्न परेको बताए। उनले सबै मिडियाले कमीकमजोरी पनि केलाउनुपर्छ तर त्यो भन्दैमा असत्य, झुटा समाचारहरु प्रकाशित गर्नुहुदैन । मिडियाहरु संवेदनशिल हुनुपर्ने व्याख्या गरेका थिए।
नगरपालिकाकी उमेयर बिमला दुवाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष केशव आचर्य, वडा नम्बर ८ का वडा अध्यक्ष विनोद बस्नेत, नगरपालिकाका महिला विकास अधिकृत दिपा घिमिरे सहित पत्रकारहरुको सहभागिता रहेको थियो।